दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।
सिरहाको मिर्चैया नगरपालिका ५ का ३६ वर्षिय बिरेन्द्र सदाको शव औषधी र उपचार खर्च तिर्न नसक्दा तीन दिनदेखी अस्पतालमै रहेको छ ।
उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पुर्ण खर्च तिर्न नसकेपछी विराटनगरस्थित न्यूरो अस्पताल रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएकी छिन् ।
अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भई गत चैत्र २७ गते सो अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।
मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पुर्ण रकम नबुझाएका कारण शव लिएर जान नदिएको बताए ।
परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएकाले उपचार र औषधी वापतको बाँकी रकम तिर्न सक्ने अवस्था नरहेको उनले बताए । मृतकका आफन्तले अस्पतालमा जग्गा बेचर २ लाख रुपैया बुझाएका छन ।
लामो समय भेन्टीलेटर तथा आइसियुमा राखिएकोले औषधी र उपचार खर्च लम्बिएको भन्दै अस्पतालले थप तीन लाख रकम माग्ने गरेको सदाकी श्रीमती मालतीले बताईन । उनले भएको जग्गा पनि बेची सकेकोले अब कसैले ऋण पनि दिन नमानेको तथा अस्पतालले पुरा पैसा नपाएसम्म शव दिन नसकिने भन्दै फर्काइ दिएको बताए ।
मृतकका छोरा अंकितले औषधी वापत आइएन फार्मेसीको ३ लाख तथा उपचार वापत अस्पताललाई ३ लाख तिर्न बाँकी रहेको बताए । अस्पतालले उपचार खर्च वापत ३ लाख भन्दा बढी रुपैया बाँकी रहेको जनाएको छ ।
अस्पतालका प्रशासन अधिकृत मातृका पोखरेलले औषधी बाहेक उपचार खर्च मै ३ लाख ३५ हजार बाकी रहेको बताए । उनले बाकी सम्पुर्ण रकम नभएपनि अस्पताललाई पनि समस्या नहुने गरी आफन्तले मानासिव रकम बुझाए शव दिन तयार रहेको बताएका छन् ।
शव ल्याउन र अस्पताललाई खर्च वापतको बाकी रकम जुटाउन अहिले स्थानीय समाजसेवी पंचु माझी मुसहरले सहयोग संकलन अभियान सुरु गरेका छन । उनले तीन दिन यता सूरु गरेको प्रयासमा विहिवार सम्म ४८ हजार ५ सय रुपैया सहयोग संकलन भएको बताए । उनले सहयोग संकलन अभियान सिरहा र सप्तरीमा चलाइएको जानकारी पनि दिए । अन्य जिल्लाबाट समेत सहयोगको आश्वासन आईरहेको उनले जनाएका छन ।
उपचार खर्च तिर्न नसक्दा शव तीन दिनदेखी अस्पतालमै
सारांश
- उपचार कै क्रममा तीन दिन अघि मृत्यु भएको उनको शव औषधी र उपचार वापत लागेको सम्पुर्ण खर्च तिर्न नसकेपछी विराटनगरस्थित न्यूरो अस्पताल रहेको मृतककी श्रीमती मालती देवी सदाले बताएकी छिन् ।
- अत्यन्त विपन्न परिवारका सदा मस्तिष्कघात भई गत चैत्र २७ गते सो अस्पतालमा उपचारका लागी भर्ना गरिएकोमा उपचार कै क्रममा बैशाख १९ गते मृत्यु भएको थियो ।
- मृतकका भतिजा अभिषेकले अस्पतालले काकाको उपचार वापतको बाँकी वक्यौता सम्पुर्ण रकम नबुझाएका कारण शव लिएर जान नदिएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया