साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 

राजविराज राजविराज
|
आइतबार, बैशाख ३१, २०८०
|
|
१२२ पटक हेरिएको
Shares
साथीसँग गएका युवकको मृत शरीर खेतमा फेला, हत्याको आशंकामा तीन जना पक्राउ 

सारांश

  •     अर्धनग्न अवस्थामा फेला परेको शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको प्रारम्भीक अनुमान गरिएको छ ।
  •       प्रहरीले शवको प्रकृति हेर्दा हत्या नै भएको स्थानीयले पुष्टी हुने बताए पनी हत्या भए नभएको कुरा पोस्टमार्टम रिर्पोट पछी मात्र पुष्टी हुने जानकारी दिएको छ ।
  •       मृतको शव पोस्टमार्टमा लागी आईतवार नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ३१ बैशाख । 

    सप्तरीको शम्भुनाथ नगरपालिकाका एक यूवकको मृत शरीर आइतबार बिहान खेतमा फेला परेको छ । सो नगरपालिका वडा नं. २ खैरवोनाका २३ वर्षिय मो. तफेजुलको मृत शरीर रुपनी गाउँपालिका १ स्थित खेतमा फेला परेको हो । 
    अर्धनग्न अवस्थामा फेला परेको शवको प्रकृति हेर्दा उनको हत्या गरी फालिएको प्रारम्भीक अनुमान गरिएको छ । 
    प्रहरीले शवको प्रकृति हेर्दा हत्या नै भएको स्थानीयले पुष्टी हुने बताए पनी हत्या भए नभएको कुरा पोस्टमार्टम रिर्पोट पछी मात्र पुष्टी हुने जानकारी दिएको छ । 
    मृतको शव पोस्टमार्टमा लागी आईतवार नै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाई थपअनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले जानकारी दिएका छन् । उनले घट्नमा संलग्न रहेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको जानकारी दिएका छन् । 
    परिवारजनले उनको हत्या शनिवार राती नै भएको हुन सक्ने अनुमान गरेका छन् । मृतकका बुवा मो.लुकमानका अनुसार शनिवार वेलुका ८ बजेतीर तफेजुल शम्भुनाथको मेला भरेर घर फर्केका थिए । केही बेर पछी छोराको साथी बताउने २÷३ जना अपरिचित युवाहरु भेट्न आएको र आमालाई मासु पकाएर राख्नु चाडै फर्किन्छु, भन्दै बाहिर निस्केका थिए । 
    छोरा राती अवेरसम्म घर नफर्के पछी आफूहरु खोजतलासमा जुटे पनि कतै फेला नपरेको उनले बताए । यता विहानै स्थानीय केही ब्यक्तीले रुपनी गाउँपालिका १ स्थित एक खेतमा मृत अवस्थामा छोराको मृत शरीर रहेको बताएका थिए । 
    घटना पछी आक्रोशित स्थानीयवासीले बिहान करिब २ घण्टा रुपनी राजमार्ग खण्डमा चक्का जाम र प्रर्दशन गरेपछी प्रहरीले घटनास्थलमा डगस्क्वाड (तालिम प्राप्त कुकुर) को सहयोग समेत लिएको छ । 
    मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट आएको डगस्कवाडले केही संकेत गरेको र त्यसलाई पनि अनुसन्धानमा समेटिएको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
गरिब जनतालाई खाद्यान्नको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
बाढी पीडितलाई हेल्प मधेशी नेपालद्वारा राहत बितरण 
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
मोटरसाइकल र ठूलो मात्रामा लागुऔषधसहित पाँच जना पक्राउ
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
नारी दिवसमा र्‍याली, सभा तथा सम्मान
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
तालाबन्दीका कारण खेलकुदका कर्मचारी र प्रशिक्षकले बिराटनगरबाट तलब लिन बाध्य
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
नेकपा एकीकृत समाजवादीद्वारा भुटानी शरणार्थी प्रकरणका दोषिलाई कारवाहीको माग
तिम्ल्याहा बच्चाको जन्म 
तिम्ल्याहा बच्चाको जन्म 
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
शौचालय भित्र शरीरमा आगो लगाई महिलाले गरिन आत्महत्या
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
सप्तरीका दुई कार्यालयमा तालाबन्दी, व्यक्ति व्यक्तिले चिठी बिक्रि गरेको भन्दै शिक्षा विकास इकाई कार्यालय सप्तरीमा तालाबन्दी 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
स्वास्थ्य प्रतिष्ठानको लागि बजेट बिनियोजन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र