राजविराज नगरपालिकामा  अख्तियारको टोली 

राजविराज राजविराज
|
आइतबार, जेठ ७, २०८०
|
|
२२ पटक हेरिएको
Shares
राजविराज नगरपालिकामा  अख्तियारको टोली 

सारांश

  •     नगरपालिकाले विभिन्न वडाहरुमा संचालन गरेको योजनामा अनियमितता भएको गुनासो आएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोली अनुसन्धानका लागि सो फायलहरुको अध्ययन गरेको हो ।
  •       आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ ।
  •       यस्तै प्राविधिकसहित आएको अख्तियारको टोलीले विभिन्न वडामा नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको स्थलगत अनुगमन समेत गरेको छ ।

दैनिक समाचारदाता
राजविराज, ७ जेठ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले आइतबार राजविराज नगरपालिका कार्यालयमा पुगि विकास निर्माणका कार्यहरुको फायल अध्ययन गरेको छ ।
    नगरपालिकाले विभिन्न वडाहरुमा संचालन गरेको योजनामा अनियमितता भएको गुनासो आएपछि अख्तियारको इटहरीस्थित कार्यालयबाट आएको टोली अनुसन्धानका लागि सो फायलहरुको अध्ययन गरेको हो । 
    आयोगका लेखा अधिकृत दयाराम काफ्ले नेतृत्वको टोलीले प्रमुख प्रशासकीय अधिकृत प्राविधिक तथा सम्बद्ध फाँटका अन्य कर्मचारीसँग फायल झिकाई आवश्यक जानकारी लिएको जनाएको छ । 
    यस्तै प्राविधिकसहित आएको अख्तियारको टोलीले विभिन्न वडामा नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको स्थलगत अनुगमन समेत गरेको छ । 
    टोली प्रमुख काफ्लेले नियमितको प्रक्रिया अनुसार नगरपालिकाको कार्यालय पुगेर विकास निर्माण सम्बन्धी फायलहरुको अध्ययन गर्नुका साथै नगरपालिकाद्वारा संचालित विकासीय योजनाहरुको अध्ययन पनि गरेको बताए । उनले थप कुरा अनुसन्धान सकिएपछि मात्र भन्न मिल्ने जिकिर गरे । 
    यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मनाथ जोशीले आफू यस कार्यालयमा आउनु भन्दा पूर्व विगतमा कार्यालयद्वारा भएका केही निर्माण कार्यका सम्बन्धमा आयोगले जिज्ञासा राखेको र यस अघि विभिन्न मितिमा माग गरेको विवरण आयोगलाई समयमै किन नपठाएको हो भनी सोधनीभएको बताए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
जैन धर्मका अनुयायीले सम्झिए भगवान महाविर
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न 
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
सामाजिक संजालमार्फत धमाधम  उम्मेदवारी घोषणा हुँदै 
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
दुई स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता, एकले गरे काँग्रेसलाई समर्थन
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
महुली सामुदायिकद्वारा विष्णुपुर  गाउँपालिकालाई स्वास्थ्य सामाग्रि हस्तान्तरण
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
कृष्णाअष्टमीको अवसरमा कतै कलस यात्रा, कतै मेलाको आयोजना
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
मुलुकको राजनीतिक अवस्था बारे संचारकर्मी  चनाखो हुनुपर्छ ः मुख्यमन्त्री राउत
घरबाट दराज र बाकसै उठाएर चोरी
घरबाट दराज र बाकसै उठाएर चोरी
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
रुपनी गाउँपालिकाका बाबुछोरीको सवारी दुर्घटनामा बर्दियामा मृत्यु
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग
दृष्टिबिहीन परिवारलाई हेल्प मधेशीको सहयोग