सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक

राजविराज राजविराज
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२० पटक हेरिएको
Shares
सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार घट्ना पीडित र आफन्तले आईतवार प्रहरीमा उजुरी दिएपछि मात्रै बाहिर आएको हो ।
  • उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षिय शिव कुमार सदा, ४० वर्षिय उमेश सदा र ३२ वर्षिय श्रीनारायण सदा आईतवार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् ।
  •       उनीहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुर मुदामा म्याद थप गराई अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षिय फुल कुमार सदा र २३ वर्षिय शिव सदाको खोजी कार्य तिब्र पारिएको उनले जनाए ।

दैनिक समाचारदाता
राजविराज, ८ साउन ।

    एक साता नबित्दै सप्तरीमा पुनः सामुहिक बलात्कारका अर्को घटना सार्वजनिक भएको छ । सप्तरीको कंचनरुप नगरपालिका १२ की एक १७ वर्षिया किशोरीको सामुहिक बलात्कार भएको घट्नाको ८ दिन नवित्दै पुनः सामूहिक बलात्कारको अर्काे घट्ना सार्वजनिक भएको हो ।   पछिल्लो घट्नामा शम्भुनाथ नगरपालिका ५ वस्ने ३ सन्तानकी आमा ३५ वर्षिया महिला सामुहिक बलात्कारको शिकार बन्न पुगेकी छिन् । ती महिलालाई शनिवार राती ९ः३० बजेतिर सोही वडाका ५ जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिंहका अनुसार घट्ना पीडित र आफन्तले आईतवार प्रहरीमा उजुरी दिएपछि मात्रै बाहिर आएको हो । उनले महिलालाई बलात्कार गर्ने मध्येका सोही वडाका २५ वर्षिय शिव कुमार सदा, ४० वर्षिय उमेश सदा र ३२ वर्षिय श्रीनारायण सदा आईतवार नै पक्राउ परिसकेको जानकारी समेत दिएका छन् । 
    उनीहरुलाई सोमवार सप्तरी जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसुर मुदामा म्याद थप गराई अनुसन्धान थालिएको तथा फरार रहेका २५ वर्षिय फुल कुमार सदा र २३ वर्षिय शिव सदाको खोजी कार्य तिब्र पारिएको उनले जनाए । 
    वडाध्यक्ष जामुन प्रसाद चौधरीका अनुसार पिडीत महिला सोही दिन सिरहाको छारापट्टी स्थित माइतबाट घर फर्किदै थिईन । विरामी बोकेको एम्बुलेन्स चढी माईतबाट हिडेकी उनी राती ९ः३० बजेतिर पुर्व पश्चिम राजमार्ग अन्तर्गत घर नजिकैको सडक खण्डमा ओर्लेकी थिइन । त्यहाबाट उनको घर ६ सय मिटरको दुरीमा पर्दछ । पैदलै घर तर्फ जाँदै गर्दा एकान्त स्थलमा देखेर अचानक ५ जनाको समुहले मुख थुनि नजिकै खाली अवस्थामा रहेको नर्सरीमा लगेर बलात्कार गरेको तथा कसैलाई भने ज्यान मार्ने धम्की समेत दिएको अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । 
    उक्त एम्बुलेन्स चालक पीडित महिला कै भाई हुन् । विरामी बोकेर भाई एम्बुलेन्स लिएर विराटनगर तर्फ जाँदै गरेको थाहा पाएपछि आफुलाई पनि घर सम्म लगिदिनु भनी भाईलाई भनेको पीडित महिलाले सुनाईन । पीडित महिलाको गजेन्द्र नारायण सिह अस्पताल राजविराजमा स्वास्थ्य परिक्षण गराइएको छ । 
    यस अघि गत असार ३१ गते राती ९ बजेतिर आमा र बहिनी संगै वसिरहेकी कंचनरुप नगरपालिका १२ की १७ वर्र्षिया किशोरीको सामुहिक बलात्कार भएको थियो । आमा र बहिनीलाई कोठा मै थुनेर सोही वडाका ४ जनाले ती किशोरीलाई नजिकैको एक खाली घर मा लगी पालैपालो बलात्कार गरेका थिए । ती घट्नमा संलग्न चारै जना प्रहरी नियन्त्रणमा छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
राजगढमा हुलाक कार्यालय 
राजगढमा हुलाक कार्यालय 
कानुन व्यवसायीद्वारा प्रदर्शन
कानुन व्यवसायीद्वारा प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
दुई सय ५० लिटर डिजलसहित तीन पक्राउ, स्थानियद्वारा बिरोध प्रदर्शन
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
शिव मन्दिरहरुमा दर्शनार्थीहरुको घुईचो
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
स्वास्थ्य क्षेत्रको निगरानी तथा सुधारका लागि स्थानीय तह पनि गम्भिर हुनुपर्छ ः प्रदेशसभा सदस्य यादव
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
न्याय नपाएको भन्दै साह दम्पत्तिद्वारा अदालत अगाडी अनसन
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
मागप्रति कुनै सुनुवाई नभएपछि मलाह समुदायका  पाँच वृद्धद्वारा आमरण अनसन सुरु
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
सहकारीको ऋण तिर्न नसकेकै कारण आत्महत्या गरेका रामदेवको ऋण पालिकाले तिर्ने
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण
महिला क्रिकेट खेलाडीलाई बेलायती कोचद्वारा प्रशिक्षण

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह