दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु

राजविराज राजविराज
|
आइतबार, श्रावण १४, २०८०
|
|
२३ पटक हेरिएको
Shares
दुर्घटनामा घाइते भएका बिजुलीको उपचारका क्रममा मृत्यु

सारांश

  •     मृत्यु हुनेमा स.
  • ४प.
  • ९४८६ नं.

दैनिक समाचारदाता
राजविराज, १४ साउन ।

    मोटरसाइकल दुर्घटनामा परि घाइते भएका एक व्यक्तिको उपचारका क्रममा तीन सातापछि शनिबार मृत्यु भएको छ । 
    मृत्यु हुनेमा स.४प.९४८६ नं.को मोटरसाइकल चालक सप्तरीको बोदेबर्साईन नगरपालिका ९ देउरी टोल बस्ने ५५ वर्षिय बिजुली प्रसाद यादव रहेको प्रहरीले जनाएको छ । उनको लागि कोशी अञ्चल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । 
    गत असार २१ गते जिल्लाको बोदेबर्साईन नगरपालिका वडा नं. ५ स्थित हुलाकी सडक खण्डमा पूर्बबाट पश्चिमतर्फ जादै गरेको स.४प.९४८६ नं.को मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ टर्निङ गरीरहेको अवस्थामा सोही दिशाबाट आउदै गरेको म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकलले ठक्कर दिएको थियो । 
    सो दुर्घटनामा बिजुली प्रसाद यादव घाइते भएका थिए भने म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक बोदेवर्साइन नगरपालिका ३ मधुवन टोल बस्ने १९ वर्षिय राजेश कुमार यादव र सोहि मोटरसाइकल पछाडि सवार स्थानीय २६ वर्षिय पवन कुमार यादव सामान्य घाइते भएको थिए । 
    यता प्रहरीले म.प्र.०१–००४प.४८९२ नं को मोटरसाइकल चालक राजेश कुमार यादवलाई नियन्त्रणमा लिई साउन ११ गते जिल्ला अदालतबाट म्यादथप गराई अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?