दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालमा शुक्रबार शैया थपिनुका साथै सेवा बिस्तार गरिएको छ ।
मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो ।
थपिएको नयाँ शल्यक्रिया तथा प्रसुती कक्ष भवनको शुक्रबार उद्घाटन र सेवा शुभारम्भ गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहले अस्पतालमा थप सेवा बिस्तार तथा आवश्यक जनशक्तिपूर्तीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भन्ने मनसायले विभिन्न कार्ययोजना बनाएर अघि बढेको समेत जानकारी दिए ।
यस्तै अस्पतालका मेडिकल सुरपरिटेन्डेन्ट डा. उत्तम देवले शैया र सेवा दुबै बिस्तार गरिएपछि उपचारमा आउने बिरामीलाई राहत मिल्ने अपेक्षा गरिएको बताए ।
हनुमाननगर कंकालिनी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र माझीले क्षमताभन्दा दोब्बर बिरामी आउँदा अस्पताल अस्तव्यस्त हुने गरेकाले नगरपालिकाको साधनश्रोतले पनि भ्याएसम्म सहयोग गरि बिशेषज्ञसहितको थप उपचार सेवा बिस्तार गरिएको बताए ।
१५ शैयाको स्वीकृती पाएर संचालनमा रहेको अस्पतालमा बिरामीको बढ्दो चापलाई ध्यानमा राखी १८ शैया थपेर ३३ शैयाको अस्पताल बनाइएको छ । नवनिर्मित भवनमा कुल २२ वटा कोठा छन् । जसमा ६ वटा शल्यक्रिया कक्षका लागि छुट्याइएका छ भने अन्य कोठाहरु प्रसुती गृह, एसएनसियु, भेन्टिलेटर, स्वास्थ्य परिक्षण, बिरामी कक्ष लगायत परियोजनका लागि छुट्याइएको छ ।
कार्यक्रममा प्रदेश सांसदद्वय सतिशकुमार सिंह, मो. सकिल अली, कंचनरुप नगरपालिकाका नगर प्रमुख ललनप्रसाद गुप्ता, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, बलानबिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादव लगायतले शुभकामना दिएका छन् ।
भारदह अस्पतालमा थप शैयासँगै सेवा बिस्तार
सारांश
- मधेश प्रदेश सरकारको लगानीमा थप नयाँ भवन निर्माण गरेर प्रसुती तथा शल्यक्रिया कक्ष बिस्तार गरिएको हो ।
- थपिएको नयाँ शल्यक्रिया तथा प्रसुती कक्ष भवनको शुक्रबार उद्घाटन र सेवा शुभारम्भ गर्दै मधेश प्रदेशका स्वास्थ्य मन्त्रि बिरेन्द्र सिंहले अस्पतालमा थप सेवा बिस्तार तथा आवश्यक जनशक्तिपूर्तीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
- उनले अब कोही पनि नागरिक गरिबीका कारण उपचारबाट बञ्चित हुनु पर्ने अवस्था नआओस भन्ने मनसायले विभिन्न कार्ययोजना बनाएर अघि बढेको समेत जानकारी दिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया