दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
प्रेस युनियन सप्तरीले मोरङ, सुनसरी र सप्तरीका संचारकर्मीहरुसँग “प्रेससँग मनको बात” कार्यक्रम मंगलबार सम्पन्न गरेको छ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदस्थित कोशी ब्यारेजमा तीनै जिल्लाका दुई दर्जन संचारकर्मीको सहभागिता सो कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका प्रमुख आतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै संचारकर्मीहरुले मुलुकमा संघीय लोकतन्त्रको रक्षाका लागि समय समयमा गरिरहेको खबरदारीप्रति प्रशंसा गर्दै तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए ।
उनले भौगोलिक रुपमा समेत एक अर्कासँग मेल खाने हुँदा तीनै जिल्लाका संचारकर्मीहरुबीच आपसी सद्भाव तथा मेलमिलाप कायम हुने विश्वास व्यक्त गरे ।
प्रेस युनियन सप्तरीका सभापति बिनयलाल कर्णको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डल, तरुण दलका केन्द्रिय सदस्य खगेन्द्र कर्ण, पत्रकार महासंघ कोशी प्रदेशका महासचिव बिवेक गौतम, सदस्य शुशिला पाठक, प्रेस युनियन मोरङका पूर्वअध्यक्ष कुमार लुइटेल, राससका बोर्ड सदस्य शंकर खरेल, वरिष्ठ पत्रकार अनन्तराज न्यौपाने, शंकर रेग्मी, देवनारायण साहलगायतले धारणा राखेका थिए ।
प्रेस युनियन सप्तरीका उपसभापति नवीनकुमार गुप्ताले स्वागत मन्तब्य तथा कार्यक्रम संचालन सचिव रमानन्द देवले गरेका थिए ।
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
सारांश
- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदस्थित कोशी ब्यारेजमा तीनै जिल्लाका दुई दर्जन संचारकर्मीको सहभागिता सो कार्यक्रम सम्पन्न गरेको हो ।
- कार्यक्रमका प्रमुख आतिथि कोशी प्रदेशका प्रदेशसभा सदस्य केदार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै संचारकर्मीहरुले मुलुकमा संघीय लोकतन्त्रको रक्षाका लागि समय समयमा गरिरहेको खबरदारीप्रति प्रशंसा गर्दै तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी भूमिका आवश्यक रहेको बताए ।
- उनले भौगोलिक रुपमा समेत एक अर्कासँग मेल खाने हुँदा तीनै जिल्लाका संचारकर्मीहरुबीच आपसी सद्भाव तथा मेलमिलाप कायम हुने विश्वास व्यक्त गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया