तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस

राजविराज राजविराज
|
शनिबार, भाद्र ३०, २०८०
|
|
२९ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस

सारांश

  •     तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
  •       उक्त अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।
  •     कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
 
    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजेन्द्र देवकी माविमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि ५९औं राष्ट्रिय बाल दिवस मनाइएको छ । 
    तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो । 
    उक्त अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।
    कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
    कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षद्वय मुनीलाल मुखिया र सत्यनारायण यादव, गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, राजेन्द्र देवकी माविका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?