दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) सप्तरीले असोज ३ लाई विगतका वर्ष झै यस वर्ष पनि कालो दिन भन्दै विरोध प्रर्दशन गरेको छ ।
स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो । लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, अमरकान्त झा, पूर्वसांसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँरनाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।
२०७२ असोज ३ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुद्दा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ । संविधान संशोधनका लागी दवाव दिने उद्देश्यले असोज ३ लाई कालो दिवसका रुपमा मनाउने गरिएको र संविधान संशोधन नगरिए सम्म भविष्यमा पनि यस्ता विरोध कार्यक्रमलाई निरन्तरता दिने लोसपाका जिल्ला अध्यक्ष झाले बताए ।
यता संविधानको पुर्नलेखन नै हुनु पर्ने अडान राख्दै आएका मधेशको अर्काे शक्तीशाली दल जसपा भने मौन रह्यो । सदरमुकाम राजविराजमा सरकारीस्तरबाट गरीएको कार्यक्रममा समेत सहभागी नभएका जसपाका नेताहरु विरोधको पनि न त कुनै कार्यक्रम आयोजना गरे न त सहभागी भए ।
संविधान दिवसमा लोसपाको बिरोध कायमै
सारांश
- स्थानीय पार्टी कार्यालयबाट हात र टाउकोमा कालो पट्टी बाँधेर निस्कीएको जुलुश संविधानमा देखिएको त्रुटी सच्याउन र संशोधनका माँग गर्दै बजार क्षेत्र परिक्रमा गरेको थियो ।
- लोसपाका जिल्ला अध्यक्ष सुनिल कुमार झाको अगुवाइमा निस्केको विरोध प्रर्दशनमा पार्टीका केन्द्रिय नेता जय प्रकाश ठाुकर, दिपेन्द्र चौधरी, गजेन्द्र कुमार मण्डल, अमरकान्त झा, पूर्वसांसद चन्द्रकान्त चौधरी, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, राजविराज नगरपालिकाका निवर्तमान नगर प्रमुख शम्भु प्रसाद यादव, निवर्तमान उपप्रमुख साधना झा, महिला नेतृ रिना झा, प्रदेश कमिटी सदस्य ललन मिश्र, कुवँरनाथ मिश्र, युवा नेता राम सागर मण्डल लगायत ठुलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरु सहभागि थिए ।
- २०७२ असोज ३ मा संविधान सभाबाट बहुमतका आधारमा संविधान जारी गर्दा तराई÷मधेशका अधिकाँश मुद्दा नसमेटिएको लोसपाका नेताहरुको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया