ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै

राजविराज राजविराज
|
शुक्रबार, कार्तिक १०, २०८०
|
|
२३ पटक हेरिएको
Shares
ब्रहमाकुमारीले नाटक प्रर्दशन तथा साइकल यात्रामार्फत लागु औषध बिरुद्ध सचेतना बाड्दै

सारांश

  •     युवामा बढ्दो लागु औषधको कुलत विरुद्ध सचेतना तथा समाजमा सकारात्मक परिवर्तनका लागी नाटक प्रदर्शनसँगै साइकल यात्रामार्फत सन्देश बाड्न सुरु गरेको हो ।
  •       राजविराजस्थित केन्द्र परिसरमा शुक्रबार आयोजित एक कार्यक्रम बीच प्रमुख जिल्ला अधिकारी किरण थापा, केन्द्रकी मुख्य प्रभारी भगवती दिदी, समाजसेवी हरेकृष्ण प्रसाद सिंंह लगायतले सचेतना टोलीमा सहभागी साइकल यात्रीहरुलाई विदाई गरे ।
  •       प्रमुख जिल्ला अधिकारी थापाले समाजमा व्याप्त कुरिती र नकारात्मक धारणालाई न्यूनिकरण गर्न केन्द्रले चलाएको सकारात्मक परिवर्तन साईकल यात्रा, अभियान फलदायी हुने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, १० कात्तिक । 

    ब्रहमाकुमारी राजयोग सेवा केन्द्र राजविराजले शुक्रवारदेखि नगरका वडा वडामा नाटक प्रर्दशन तथा साइकल यात्रा मार्फत सन्देश बाड्न सुरु गरेको छ । 
    युवामा बढ्दो लागु औषधको कुलत विरुद्ध सचेतना तथा समाजमा सकारात्मक परिवर्तनका लागी नाटक प्रदर्शनसँगै साइकल यात्रामार्फत सन्देश बाड्न सुरु गरेको हो । 
    राजविराजस्थित केन्द्र परिसरमा शुक्रबार आयोजित एक कार्यक्रम बीच प्रमुख जिल्ला अधिकारी किरण थापा, केन्द्रकी मुख्य प्रभारी भगवती दिदी, समाजसेवी हरेकृष्ण प्रसाद सिंंह लगायतले सचेतना टोलीमा सहभागी साइकल यात्रीहरुलाई विदाई गरे । 
    प्रमुख जिल्ला अधिकारी थापाले समाजमा व्याप्त कुरिती र नकारात्मक धारणालाई न्यूनिकरण गर्न केन्द्रले चलाएको सकारात्मक परिवर्तन साईकल यात्रा, अभियान फलदायी हुने विश्वास व्यक्त गरे । 
    “लागु औषधको सेवनले एकातिर आत्महत्याको घट्नामा बृद्धि भइरहेको छ भने अर्काे तीर आपराधिक घट्नाको ग्राफ पनि बढदै गएको छ, उनले भने, यसको निराकरण र न्यूनीकरणका लागी केन्द्रले चलाएको सन्देशमुलक अभियान फलदायी हुने विश्वास लिएका छौं ।”
    यूवाहरुमा बढ्दो लागु औषधको कुलत न्यूनीकरण तथा समाजमा सकारात्मक परिवर्तनका लागी केन्द्रको अगुवाईमा सन्देशमुलक अभियान थालिएको ब्रह्मा कुमारी राजयोग सेवा केन्द्रकी मुख्य प्रभारी भगवती दिदिले बताईन । 
    साईकल यात्रीको उक्त टालीमा १५ वर्षिय किशोर सरोज दास देखि ७३ वर्षिय बृद्ध अशोक यादव सम्म सहभागी छन् । यस्तै सडक नाटक प्रर्दशन गर्न स्थानीय एक दर्जन कलाकारको टोली पनि सिटी रिक्शा, अटो र मोटर साईकल सहित यात्रामा निस्केका छन् । 
    साईकल यात्रा नगरका १६ वटै वडामा पुग्ने र त्यहा स्थानीय कलाकारहरुद्वारा सचेतना मुलक नाटक मञ्चन लगायतका कार्यक्रम समेत गरिने उनको भनाई छ । १६ वटै वडामा सन्देश बाडिने तथा सडक नाटक मञ्चन पश्चात अभियान समापन हुने ब्रह्माकुमारी राजयोग सेवा केन्द्रले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
हेल्प मधेशीद्वारा बाढी पीडितलाई शैक्षिक सामग्री बितरण
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
सडक स्तरोन्नतीको माग गर्दै राजविराजमा चक्काजाम
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
नेवि संघको जागरण अभियान सप्तरीबाट शुरु
दुर्गा सेकेण्ड्री सेमिफाईनलमा प्रवेश
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण  कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड
समावेशी समानुपातिक प्रतिनिधित्व  धरापमा पार्न नदिन खबरदारी ः प्रचण्ड