मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव

राजविराज राजविराज
|
शनिबार, कार्तिक ११, २०८०
|
|
१०२ पटक हेरिएको
Shares
मधेश प्रदेशमा शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको छ ः मन्त्री यादव

सारांश

  •     कार्यक्रममा संस्थाको विधान अनुसार संरक्षक सदस्यताका लागी जनही १÷१ लाख शुल्क तिरेर नयाँ संरक्षक सदस्यता प्राप्त गरेका १२ जनालाई प्रमुख अतिथी मन्त्री यादवले प्रमाण पत्र प्रदान गरेका थिए ।
  •       नयाँ संरक्षक सदस्यता ग्रहण गर्नेहरुमा समाजसेवी तेजनारायण देव, जितेन्द्र नारायण देव, दिनेश प्रसाद देव, कृष्णानन्द देव, राधेश्याम रमण, धु्रव प्रसाद देव, सचिन्द्र कुमार देव, मनोज देव, निरज कुमार चौधरी, योगेन्द्र प्रसाद देव, कृति नारायण देव र मिरा देव रहेको संस्थाले जानकारी दिएको छ ।
  •       कार्यक्रममा प्रदेश सभासदस्य सतिश कुमार सिंह, भवानी सेवा समितीका अध्यक्ष प्रताप नारायण चौधरी, विराट देव सेवा समितीका अध्यक्ष राजेन्द्र प्रसाद देव, देव समाजका अध्यक्ष राकेश देव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिल सेवा समिती विराटनगरकी अध्यक्ष फुल कुमारी देव लगायतले शुभकामना दिएका थिए ।

    राजविराज÷मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले शिक्षाको विकास विना प्रदेशको विकास सम्भव नरहेको भन्दै शिक्षाको स्तर उकास्न आवश्यक गृहकार्य अघि बढेको जनाएका छन् ।
    बागेश्वरी सेवा समितीको वार्षिक साधारण सभाको उदघाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । मन्त्री यादवले चार वर्ष भित्र मधेश प्रदेशलाई पुर्ण साक्षर बनाउने गरी गृहकार्य अघि बढेको समेत जानकारी दिदै मधेश प्रदेशमा पचास प्रतिशतमा मात्र पहुँच भएको शिक्षालाई सय प्रतिशतमा पु¥याउने लक्ष्यका साथ काम सुरु भईसकेको बताए ।
    बागेश्वरी सेवा समितिका अध्यक्ष इन्जिनियर इन्द्र नारायण देवले समाजिक विकृतीका रुपमा रहेको दाईजो कुप्रथा र बाल विवाह न्यूनीकरणका लागी संस्थाले समय समयमा जनचेतनामूलक कार्यक्रमका साथै विभिन्न समाजिक गतिविधी संचालन गरेको र समाजमा त्यसको सरकारात्मक प्रभाव देखिएको बताए । यस्ता कार्यक्रमले दाइजो र बालविवाहबाट समाजमा हुने गरेको क्षती विगतको तुलनामा केही घटेको समेत उनले दाबी गरे । 
    कार्यक्रममा संस्थाको विधान अनुसार संरक्षक सदस्यताका लागी जनही १÷१ लाख शुल्क तिरेर नयाँ संरक्षक सदस्यता प्राप्त गरेका १२ जनालाई प्रमुख अतिथी मन्त्री यादवले प्रमाण पत्र प्रदान गरेका थिए । 
    नयाँ संरक्षक सदस्यता ग्रहण गर्नेहरुमा समाजसेवी तेजनारायण देव, जितेन्द्र नारायण देव, दिनेश प्रसाद देव, कृष्णानन्द देव, राधेश्याम रमण, धु्रव प्रसाद देव, सचिन्द्र कुमार देव, मनोज देव, निरज कुमार चौधरी, योगेन्द्र प्रसाद देव, कृति नारायण देव र मिरा देव रहेको संस्थाले जानकारी दिएको छ । 
    कार्यक्रममा प्रदेश सभासदस्य सतिश कुमार सिंह, भवानी सेवा समितीका अध्यक्ष प्रताप नारायण चौधरी, विराट देव सेवा समितीका अध्यक्ष राजेन्द्र प्रसाद देव, देव समाजका अध्यक्ष राकेश देव, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, मैथिल सेवा समिती विराटनगरकी अध्यक्ष फुल कुमारी देव लगायतले शुभकामना दिएका थिए । 
    सो अवसरमा एसइइ र प्लस टुमा उत्कृष्ट अंक ल्याउने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै समाजसेवी उग्री नारायण देवद्वारा लिखित “सोह्रश्राद्ध” नामक पुस्तकको विमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
राजपाले संविधानप्रति असन्तुष्ट व्यक्त  गर्दै कालो दिवसको रुपमा मनाउँदै, प्रदेश २ कै मन्त्री बिरोधसभाको प्रमुखअतिथि
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
कोरोनाको त्रासका कारण खाद्यान्न  भण्डारण गर्ने होडबाजी
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
स्ववियु निर्वाचनका लागि ४० जनाद्वारा मनोनयन दर्ता
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ट्याक्टर पल्टिदा चालकको मृत्यु
ठक्करले पतिको मृत्यु, पत्नी घाइते
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
तिरहुत काँग्रेसका उम्मेदवारद्वारा घोषणा पत्र जारि
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित 
निर्माण व्यवसायी संघको अध्यक्षमा सतिशचन्द्र मिश्र निर्वाचित