दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरी राजगढ गाउँपालिका क्षेत्रबाट शसस्त्र प्रहरीले प्रतिबन्धित गाजा बरामद गरेको छ ।
उक्त गाउँपालिकाको वडा ६ स्थित मुतनी खोला क्षेत्रबाट प्रहरीले शुक्रबार मध्य राती २५ किलो गाजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ झोलामा गाजा बोकेर जाँदै गरेको दुई जना तस्करहरु गस्तिमा रहेका प्रहरीलाई देख्ना साथ सो गाजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी डिएसपी मोहनराज विष्टले बरामद गाजा शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाए ।
भारतमा गाजा महँगोमा बिक्रि हुने गरेकाले केही व्यक्ति लुकिछिपी गाजा खेती गर्ने र रातको समयमा प्रहरीको आखा छलेर भारतीय बजारमा पु¥याउने गरेको सूचना आएपछि रात्री गस्ति कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिबन्धित २५ किलो गाजा बरामद
सारांश
- उक्त गाउँपालिकाको वडा ६ स्थित मुतनी खोला क्षेत्रबाट प्रहरीले शुक्रबार मध्य राती २५ किलो गाजा बरामद गरेको हो ।
- नेपालबाट भारततर्फ झोलामा गाजा बोकेर जाँदै गरेको दुई जना तस्करहरु गस्तिमा रहेका प्रहरीलाई देख्ना साथ सो गाजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
- सशस्त्र प्रहरी बल नेपाल नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया