राजबिराज च्याम्पस पहिलो च्याम्पियन 

राजविराज राजविराज
|
शनिबार, मंसिर २३, २०८०
|
|
२८ पटक हेरिएको
Shares
राजबिराज च्याम्पस पहिलो च्याम्पियन 

सारांश

  •     सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा खडक क्वीनलाई ६ बिकेटले पराजित गर्दै राजबिराज च्याम्पस च्याम्पियन बनेको हो ।
  •       राजबिराजले टस जितेर खडकलाई ब्याटिङको निम्तो दिएको थियो ।
  • खडकले निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई ९५ रनको योगफल तयार पारेको थियो ।

दैनिक समाचारदाता
राजबिराज, २२ मंसिर ।  

    राजविराज च्याम्पस पाँचौ महिनावारी दिवसको अवसरमा आयोजित जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।
    सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराजस्थित पबिमाबिको क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनल खेलमा खडक क्वीनलाई ६ बिकेटले पराजित गर्दै राजबिराज च्याम्पस च्याम्पियन बनेको हो । 
    राजबिराजले टस जितेर खडकलाई ब्याटिङको निम्तो दिएको थियो । खडकले निर्धारित २० ओभरको खेलमा ७ बिकेट गुमाई ९५ रनको योगफल तयार पारेको थियो । जसमा मन्जु रामले १५ रनको योगदान दिएकी थिइन् भने अन्य कुनै खेलाडीले दोहोरो अंक छुन सकेनन् । 
    बलिङतर्फ राजबिराजकी साक्षि यादवले ४ ओभरमा १७ रन दिई ३ बिकेट, आकृती मण्डलले २ तथा दिपा राम र सितल चौधरीले १÷१ बिकेट लिएकी थिइन् । 
    ९६ रनको लक्ष्य लिई मैदानमा ओर्लेको राजबिराजले १७ ओभर ४ बलमा ४ बिकेटको नोक्सानीमा प्राप्त गरेको थियो । कप्तान साक्षि यादवले ३४ बलमा ७ चौक्काको मद्धतले ४० र निशु चौधरीले १७ रनको योगदान दिएकी थिइन् । बलिङतर्फ खडककी मन्जु राम र सन्तोषि चौधरीले १÷१ बिकेट लिइन् भने दुई खेलाडी रन आउट भए । 
    खेलको म्यान अफ द म्याच राजबिराजकी साक्षि यादव, प्रतियोगिताको उत्कृष्ट ब्याटर खडककी अन्जली चौधरी, उत्कृष्ट बलर राजबिराजकी दिपा राम तथा प्लेयर अफ द सिरिज साक्षि यादव भइन् । 
    बिजेता खेलाडीलाई सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, खडक नगरपालिकामा नगर प्रमुख जयप्रकाश चौधरी, सबल नेपालका सिनियर म्यानेजर अशोक शाह, परमेश्वर झा, नेपाली राष्ट्रिय टिमका प्रमुख छनौटकर्ता दिपेन्द्र चौधरी, आईसिसि ट्युटर सारा बेग, पत्रकार मनोहर पोखरेल लगायतले पुरस्कार बित्तरण गरेका थिए ।
    यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य छनौटकर्ता दिपेन्द्र चौधरीलाई सबल नेपाल र सप्तरी क्रिकेट संघले संयुक्त रुपमा सम्मान गरेको छ । उनी संगै मेलवर्न क्रिकेट क्लबबाट आएका ६ बिदेशी प्रशिक्षकहरुलाई समेत सम्मानित गरिएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
अब हुने चुनावमा कुनै दलसँग गठबन्धन हुँदैन ः नेता निधि
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
फोटो पत्रकार महासंघद्वारा कारवाहीको माँग
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
कामना बैंकको वार्षिकोत्सवमा बिद्यार्थीलाई ब्याग वितरण
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
रक्सिले मातेका पतिले पत्नीलाई दिए चरम यातना
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
२५ रुपैया जरिवाना गरिएका देखी १२ वर्ष कैद सजाय तोकिएका दुई  दर्जन फरार प्रतिवादी पक्राउ
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
मोटरसाइकलको ठक्करबाट  बाछीको मृत्यु, चालक घाइते
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
बाच्छी काटेको आरोपमा बाबु पक्राउ, छोरा फरार, हिन्दुवादी संघ संगठनद्वारा कारवाहीको माग 
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
कान्छो छोरालाई थाहै नदिई जेठो छोराले आफूलाई समेत झुक्याई ऋण लिएको आमाको आरोप
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु 
नवनिर्वाचित जनप्रतिनिधिको मृत्यु