प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा

राजविराज राजविराज
|
बुधबार, मंसिर २७, २०८०
|
|
३६ पटक हेरिएको
Shares
प्रअ र व्यवस्थापन समिति अध्यक्षले विद्यार्थी कुटे, विरोधमा सम्पूर्ण विद्यार्थी सडकमा

सारांश

  •     मनपरि लिएको शुल्क वापतको रसिद माग्दा प्रधानाध्यापक रमानन्द सुनरैत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव मिलेर कक्षा १० मा अध्ययनरत विकास मण्डल र रोशन साहलाई कुटेर घाइते बनाएका हुन् ।
  •       अघिल्लो दिन मंगलबार भएको घटनामा घाइते भएका दुबै जनाको स्थानीय गजेन्द्र नारायाण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ ।
  •       मण्डल र साहलाई प्रअ सुनरैत र व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयको एउटा कोठमा थुनेर रड र लठ्ठीले पैतालादेखि अनुहारसम्ममा कुटेको उनका सहपाठीहरुले बताएका छन् ।

दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।

    राजविराज नगरपालिका वडा नं. १६ बोरियास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यार्थीलाई कुटेर घाइते बनाएपछि बुधबार सो विद्यालयका सम्पूर्ण विद्यार्थीहरु आन्दोलित भई सडकमा उत्रेका छन् । 
    मनपरि लिएको शुल्क वापतको रसिद माग्दा प्रधानाध्यापक रमानन्द सुनरैत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रितेश यादव मिलेर कक्षा १० मा अध्ययनरत विकास मण्डल र रोशन साहलाई कुटेर घाइते बनाएका हुन् । 
    अघिल्लो दिन मंगलबार भएको घटनामा घाइते भएका दुबै जनाको स्थानीय गजेन्द्र नारायाण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको छ । 
    मण्डल र साहलाई प्रअ सुनरैत र व्यवस्थापन समितिका अध्यक्ष यादवले विद्यालयको एउटा कोठमा थुनेर रड र लठ्ठीले पैतालादेखि अनुहारसम्ममा कुटेको उनका सहपाठीहरुले बताएका छन् । 
    अध्यक्ष र प्रअलाई निलम्बन गरी कडा कारवाही हुनु पर्ने माग गर्दै विद्यार्थीहरुले राजविराजमा दिनभरी प्रर्दशन गर्नुका साथै जिल्ला प्रहरी कार्यालय र राजविराज नगरपालिका कार्यालय अगाडी एक घण्टा धर्ना दिई नाराबाजी समेत गरेका छन । 
    आक्रोशित विद्यार्थीहरुले प्रअ र व्यवस्थापन समितिका अध्यक्षको पुत्ला दहन गर्नुका साथै बजार क्षेत्रमा एक घण्टा चक्का जाम समेत गरे । उनीहरुले विद्यालयको विभिन्न शिर्षकमा सरकारले तोकेको शुल्क भन्दा तेब्बर शुल्क लिने गरेको र रसिद माग्दा नदिएको विषयमा विरोध गर्दा अध्यक्ष र प्रअले कोठामा थुनेर निर्घात कुटपीट गरेको गुनासो गरेका छन । 
    प्रअ सुनरैत र अध्यक्ष यादवले भने आफुहरुले विद्यार्थीसंग त्यस्तो कुनै व्यवहार नगरेको दाबी गरेका छन । राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीनले विद्यार्थीहरुबाट आएको गुनासा उपर आवश्यक छानवीन थालिएको र दोषी पाइएका माथि कानुन बमोजिम कारवाही प्रक्रिया अघि बढाईने जनाएकी छिन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
फागुन २७ देखि रुपनीमा दादुरा  रुबेला विरुद्धको खोप लगाईदै
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
रामलिला आयोजनाको समय विषयमा विवादमा कुटपिट हुँदा १२ जना घाइते, चारको अवस्था गम्भिर
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
रुपनी मेयर कपको फाइनलमा 
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई  शैक्षिक सामग्री वितरण गर्दै मनाए
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
सप्तरीमा ३ प्रतिशत मात्र धान रोपाई 
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
हाम्रो कृषि सहकारीको साधारण सभा सम्पन्न
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
बीस वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह