“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”

राजविराज राजविराज
|
बिहिबार, पौष १९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
“सरकार निर्माण व्यवसायी मैत्री बन्न सकेन”

सारांश

  •     निर्माण व्यवसायलाई सुरक्षित, मर्यादित र यसमा आबद्ध व्यवसायीहरुलाई विभिन्न ज्ञानबाट थप सुसज्जित गराउने उद्देश्यले राजविराजमा आयोजित दुई दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिमको विहीवार समापन कार्यक्रमको अवसरमा प्रमुख अतिथीको आसन्नबाट उनले यस्तो बताएका हुन् ।
  •       उनले विभिन्न कर नीति, निर्माण समाग्रीको बढ्दो मूल्य, बैंकको चर्को ब्याजदर तथा समयमै कामको भुक्तानी नहुनु लगायतका कारणले निर्माण व्यवसायी समस्यामा पर्ने गरेको भन्दै सरकारलाई निर्माण व्यवसायी मैत्री ऐन कानुन ल्याउन र सोही अनुसारको व्यवहार देखाउन ध्यानाकर्षण गराए ।
  •       यस्तै सरकारले निर्माण व्यवसायी मैत्री नीति निर्माण गर्न नसक्दा आफुहरुको पेशाा संकटमा फस्दै गएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् ।

दैनिक समाचारदाता
राजविराज, १९ पुस । 

    नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रिय प्रथम उपाध्यक्ष एडि लामाले सरकार निर्माण व्यवसायी मैत्री नबन्दा राम्रो काम गर्ने निर्माण व्यवसायीहरु समेत विभिन्न दुख कष्ट र झमेलाको सामना गर्नु परिरहेको बताएका छन् । 
    निर्माण व्यवसायलाई सुरक्षित, मर्यादित र यसमा आबद्ध व्यवसायीहरुलाई विभिन्न ज्ञानबाट थप सुसज्जित गराउने उद्देश्यले राजविराजमा आयोजित दुई दिने कन्स्ट्रक्सन म्यानेजमेन्ट तालिमको विहीवार समापन कार्यक्रमको अवसरमा प्रमुख अतिथीको आसन्नबाट उनले यस्तो बताएका हुन् ।  
    उनले विभिन्न कर नीति, निर्माण समाग्रीको बढ्दो मूल्य, बैंकको चर्को ब्याजदर तथा समयमै कामको भुक्तानी नहुनु लगायतका कारणले निर्माण व्यवसायी समस्यामा पर्ने गरेको भन्दै सरकारलाई निर्माण व्यवसायी मैत्री ऐन कानुन ल्याउन र सोही अनुसारको व्यवहार देखाउन ध्यानाकर्षण गराए । 
    यस्तै सरकारले निर्माण व्यवसायी मैत्री नीति निर्माण गर्न नसक्दा आफुहरुको पेशाा संकटमा फस्दै गएको निर्माण व्यवसायीहरुले गुनासो गरेका छन् । 
    निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष ऐनेश्वर दासको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्माण व्यवसायी महासंघको महासचिव रोशन दाहाल, उपमहासचिव शिवहरी घिमिरे, सह–कोषाध्यक्ष संतोष साह, केन्द्रिय सदस्य प्रमोद लामिछाने, नन्द किशोर साह, महासंघको मधेश प्रदेशका उपाध्यक्ष कैलाश प्रसाद यादव, जिल्ला महासचिव अमृतलाल साह, संघको पुर्व अध्यक्ष विजय दास, कामेश्वर लाल देव लगायतले पनि बोल्दै प्रशिक्षार्थीहरुलाई तालिममा प्राप्त ज्ञान ब्यवहारमा उर्तान सुझावका साथै सरकारलाई निर्माण व्यवसायी मैत्री ऐन, कानुन र नीति निर्माण गर्न आग्रह गरे । 
    निर्माण व्यवसायी संघ सप्तरीको आयोजना तथा नेपाल निर्माण व्यवसायी महासंघको सहयोगमा दुई दिन सम्म संचालित तालिममा सप्तरीका ५५ जना निर्माण व्यवसायीहरु सहभागी भएका थिए । उनीहरुलाई इमेश गौतम र उज्वल खतिवडाले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुख अतिथी लामाले प्रशिक्षक र प्रशिक्षार्थीहरुलाई कदरपत्रबाट सम्मान गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
स्व. प्राध्यापकद्वयलाई स्मरण गर्दै श्रद्धाञ्जली सभा सम्पन्न
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
प्रदेश २ को संचार सम्बन्धी बिधेयक बिरूद्व प्रदर्शन 
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको  क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
कार्यालय प्रमुखको सरुवा रोक्नु पर्ने मागसहित खानेपानी संस्थानमा तालाबन्दी
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
मदरसामा कार्यरत शिक्षकहरुलाई  मनपरी ढंगले सरुवा गरेको भन्दै ज्ञापन
सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार
सुँगुर मार्नेलाई  पाँच सय पुरस्कार
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
हावासँगै लगातारको वर्षाले धानबालीमा क्षति
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
अदालतबाट न्याय पाए पनी कार्यान्वयन  नहुँदा भौतारिदै भगत परिवार
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी
उपचार खर्च माग्दै पीडित परिवार तथा  आफन्तद्वारा राजविराज नगरपालिकामा तालाबन्दी