जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 

राजविराज राजविराज
|
मंगलबार, माघ ९, २०८०
|
|
६५ पटक हेरिएको
Shares
जनमत पार्टीले किन लियो समर्थन फिर्ता ! 

सारांश

  •     उनले जारि गरेको विज्ञप्तिमा २०७९ पुस २७ मा गठबन्धन सरकारलाई मधेशमा सुशासन कायम गर्न, किसान आन्दोलनको मुद्दालाई सम्बोधन गर्न, शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा जनताको स्तर उकास्न समर्थन दिएको र सोही अनुरुप मन्त्रालयहरुको जिम्मा पाउने समझदारी समेत बनेकोमा जनमत पार्टीका मन्त्रीले किसानहरुको लागि सकारात्मक कार्यक्रमहरु ल्याएर लोकप्रिय भइरहेको बेलामा आफ्नो पार्टीको भागमा परेको मन्त्रालय खोसेर महिनौसम्म बिना विभागिय मन्त्री बनाउने काम गरेको आरोप लगाएका छन् ।
  •       त्यस्तै स्वास्थ्य र खेलकुदको क्षेत्रमा राम्रो काम गर्न लाग्दा जनमत पार्टीको जिम्मेवारीमा रहेको शिक्षा तथा समाजकल्याण मन्त्रालयलाई पटक–पटक फुटाउने कार्य भएको जिकिर गर्दै उनले त्यसकैे खेलकूद मन्त्रालय फुटाउनु र शिक्षा तथा संस्कृती मन्त्रालयमा मात्रै सिमित गर्नु त्यसको पछिल्लो उदाहरण सबैमा जानकारी नै भएको उल्लेख गरेका छन् ।
  •       नेता यादवले विज्ञप्तिमा यी सबै कुराहरु गठबन्धनमा कुनै छलफल वा मन्त्री परिषद्मा समेत कुनै प्रस्ताव नै नलगेर एकलौटी र गोप्य ढंगले गरिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

दैनिक समाचारदाता
राजविराज, ९ माघ । 

    जनमत पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् । जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबार एक प्रेस विज्ञप्ति जारि गर्दै सरकारबाट समर्थन फिर्ता लिएको बारे पार्टीको धारणा सार्वजनिक गरेका छन् । 
    उनले जारि गरेको विज्ञप्तिमा २०७९ पुस २७ मा गठबन्धन सरकारलाई मधेशमा सुशासन कायम गर्न, किसान आन्दोलनको मुद्दालाई सम्बोधन गर्न, शिक्षा, स्वास्थ्य तथा रोजगारीको क्षेत्रमा जनताको स्तर उकास्न समर्थन दिएको र सोही अनुरुप मन्त्रालयहरुको जिम्मा पाउने समझदारी समेत बनेकोमा जनमत पार्टीका मन्त्रीले किसानहरुको लागि सकारात्मक कार्यक्रमहरु ल्याएर लोकप्रिय भइरहेको बेलामा आफ्नो पार्टीको भागमा परेको मन्त्रालय खोसेर महिनौसम्म बिना विभागिय मन्त्री बनाउने काम गरेको आरोप लगाएका छन् । 
    त्यस्तै स्वास्थ्य र खेलकुदको क्षेत्रमा राम्रो काम गर्न लाग्दा जनमत पार्टीको जिम्मेवारीमा रहेको शिक्षा तथा समाजकल्याण मन्त्रालयलाई पटक–पटक फुटाउने कार्य भएको जिकिर गर्दै उनले त्यसकैे खेलकूद मन्त्रालय फुटाउनु र शिक्षा तथा संस्कृती मन्त्रालयमा मात्रै सिमित गर्नु त्यसको पछिल्लो उदाहरण सबैमा जानकारी नै भएको उल्लेख गरेका छन् । 
    नेता यादवले विज्ञप्तिमा यी सबै कुराहरु गठबन्धनमा कुनै छलफल वा मन्त्री परिषद्मा समेत कुनै प्रस्ताव नै नलगेर एकलौटी र गोप्य ढंगले गरिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् । यस्तै विज्ञप्तिमा सांसद रन्जु खंग खत्वेको नामको राज्यमन्त्रीको रुपमा सिफारिस भइसक्दा पनि सपथ ग्रहण नगराइएको तथा मन्त्री परिषद्को बैठक प्राय नबसी बिना कुनै छलफल नै एकल पार्टीको निजि सम्पत्ति झै सरकारको कामकारवाही चल्ने गरेको उल्लेख गरेका छन् ।
    उनले आफ्नो मन्त्रालयमा समेत सम्बन्धित मन्त्रीलाई कुनै निर्णय गर्न नदिएको वा निर्णयहरुको जानकारी पनि नगराउने गरेको, कुनै पनि काम गर्ने वातावरण नबनाएको, काम सकारात्मक र जनताको हितमा बढ्न लाग्दा पटक–पटक मन्त्रालय फुटाएको विज्ञप्ति मार्फत आरोप लगाएका छन् ,
    नेता यादवले आफ्नै मातहतको मधेश कृषि विश्वविद्यालयको शिलान्यासको विषयमा जानकारी समेत नदिई कार्यक्रम स्थलमा पुग्दा सरकारको निर्देशनमा आफूसहित मधेश प्रदेशका माननीयहरु माथी लाठीचार्ज गर्न लगाई घाइते बनाएको जस्ता निन्दनीय र क्रुर तानाशाही कदमहरु चालेको हुनाले जनमत पार्टीका मन्त्रीहरुले मधेश सरकारको मन्त्रीपरिषद्बाट राजिनामा दिनुका साथै मधेश सरकारबाट समर्थन समेत फिर्ता गरेको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
समानुपातिक तर्फ पनि सप्तरीमा जनमत पहिलो पार्टी बन्दै, जनमतको प्रतिनिधिसभामा ७० तथा प्रदेशसभामा ५० हजार भन्दा बढी मत, जसपा दोश्रो र काँग्रेस तेश्रो
लाख भन्दा बढीको पटाका बरामद
लाख भन्दा बढीको पटाका बरामद
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
शम्भुनाथ मन्दिरलाई सौन्दर्यकरण र व्यवस्थित गर्न अतिक्रमित संरचना भत्काइदै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
आइसोलेशन वेडको अभावमा सप्तरीमा एक दर्जन संक्रमित अझै क्वारेन्टाइनमै
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
चोरी मुद्दाका दुई फरार अभियुक्त कारागार चलान
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
कर्मचारी सहिदको शालिकमा माल्यार्पण
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
दुई मोटरसाईकल ठोकिएर सडकमा हुत्तिएका चालकको ट्रकले किचेर मृत्यु
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
कार्यकर्ता रिहाईको माग गर्दै मसाल जुलुस प्रदर्शन
ग्यास सिलिन्डर पडकिएर आगलागि 
ग्यास सिलिन्डर पडकिएर आगलागि 

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु