दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन १५, २०८०
|
|
३१ पटक हेरिएको
Shares
दोश्रो दिन पनि विष्णुपुरका सबै  विद्यालयको पठनपाठन ठप्प

सारांश

  •     पालिका क्षेत्र भित्र रहेका सबै १८ वटै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी अघिल्लो दिन सोमबारदेखि विद्यालय बन्द गरी गाउँपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना वसेका हुन् ।
  •       जसकारण विद्यालयको पठन पाठन मात्र नभई गाउँपालिका कार्यालयको दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ ।
  •       विगत एक वर्षदेखि तलब नपाएका उनीहरुले बाँकि बक्यौता तलब नपाएसम्म काममा नफर्कने अडान लिएका छन् ।

दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।

    एक वर्ष देखि तलब नपाएको भन्दै सप्तरीको विष्णुपुर गाउँपालिकाका आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरुले दोश्रो दिन मंगलबार पनि पालिका अन्तर्गतका सबै विद्यालय बन्द गरी धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
    पालिका क्षेत्र भित्र रहेका सबै १८ वटै विद्यालयका शिक्षक र विद्यालय कर्मचारी अघिल्लो दिन सोमबारदेखि विद्यालय बन्द गरी गाउँपालिका कार्यालयको प्रवेशद्वारमा धर्ना वसेका हुन् । 
    जसकारण विद्यालयको पठन पाठन मात्र नभई गाउँपालिका कार्यालयको दैनिकी कामकाज समेत प्रभावित बन्न पुगेको छ । 
    विगत एक वर्षदेखि तलब नपाएका उनीहरुले बाँकि बक्यौता तलब नपाएसम्म काममा नफर्कने अडान लिएका छन् । विद्यालय कर्मचारी र शिक्षकद्वारा गठित संघर्ष समितिका सदस्य रुपकान्त मिश्रले माग पुरा नभए सम्म काममा नफर्किने निर्णय भएको सुनाए । पालिका भित्रको आन्तरिक विवादका कारण ५ मावि र १३ आधारभुत विद्यालयका करिब २ सय शिक्षक र विद्यालयका कर्मचारीहरुले एक वर्षदेखि तलब पाउन नसकेको उनको भनाई छ । 
    लामो समयदेखि तलब पाउन नसक्दा कोही बैंकमा गरगहना बन्धकी राखेर त कोही जग्गा धितो राखेर ऋण लिई घर व्यवहार चलाउने गरेको शिक्षक रामचन्द्र साहले बताए । 
    कार्यवहाक गाउँपालिका अध्यक्ष रेणु कुमारी यादवले शिक्षकहरुको तलब खुवाउन आफुले प्रमुख प्रशासकिय अधिकृत उज्जवल आनन्दलाई ४ महिना अघि नै अख्तियारी दिइ सकेपनि उनी विभिन्न कारण देखाई चेक काट्न आलटाल गर्दै आएको बताईन । 
    केही समय अघि सम्पन्न गाउँसभामा केही कानुनी जटिलताका कारण प्रमुख प्रशासकीय अधिकृतले आर्थिक कारोबारमा हात हाल्न आलटाल गर्दै आएको जनप्रतिनिधीहरु बताउँछन् । 
    गाउँसभा बारे अन्यौलता र जनप्रतिनिधी बीचको आन्तरिक किचलोका कारण अस्तब्यस्त बनेको पालिका कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत आनन्द पनि कहिले काही मात्र आउने गरेको कर्मचारीहरु बताउँछन् । 
    शिक्षकहरुले दुई दिन अघि र गत मंसिर ७ गते तलबका विषयमा गाउँपालिका कार्यालय र जिल्ला प्रशासन कायाँलयमा एक ज्ञापन पत्र पनि बुझाएका थिए । तर सो उपर कुनै सुनवाई नभएकाले बाध्य भई विद्यालय नै बन्द गरी आन्दोलनमा उत्रिनु परेको उनीहरुले बताएका छन् । 
    विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव र लेखापाल टेक नारायण यादव हाल निलम्बीत अवस्थामा छन् । एक घुस प्रकरणमा मुछिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु बिरुद्ध विषेश अदालतमा आरोप पत्र दायर गरेपछी उनीहरु निलम्बित भएका हुन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह