सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै

राजविराज राजविराज
|
मंगलबार, चैत्र ६, २०८०
|
|
३९ पटक हेरिएको
Shares
सप्तरीबाट एसइई परीक्षामा ९ हजार  तीन सय २३ परीक्षार्थी सहभागी हुँदै

सारांश

  •     सप्तरीबाट ९ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
  •       यस्तै धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् ।
  • धनुषाबाट ४ सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४ परीक्षार्थी सहभागि छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ चैत । 

    यही चैत १५ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मधेस प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा कम संख्या सप्तरीबाट सहभागि हुने भएका छन् ।
    सप्तरीबाट ९ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ । 
    यस्तै धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन् । धनुषाबाट ४ सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४ परीक्षार्थी सहभागि छन् । 
    मधेस प्रदेशबाट कूल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ ।
    सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ परीक्षार्थी सहभागि हुँदैछन् ।  
    शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले  परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताए । निर्देशक ठाकुरले ८ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने जानकारी दिए ।
    यता आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले मधेस प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी पनि दिए । 
    उनले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए । 
    त्यसैगरी, मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालय, शिक्षा विकास निर्देशनालय, शिक्षा तालिम केन्द्रलगायत निकायलाई समेटेर प्रदेशस्तरीय अनुगमन टोली बनाएर अनुगमन गरिने निर्देशक ठाकुरले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
७३ अतिविपन्न परिवारलाई एनसिडिसीद्वारा राहत बितरण
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
विश्व स्वयमसेवक दिवसमा गरिबको घर निर्माणमा सहयोग 
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द
सुनसरी घटनाको बिरोधमा राजविराज बन्द
स्थानिय तहको वर्गिकरणमा सप्तरीका १८ मध्ये  ६ दुर्गम, ११ मध्यम र राजविराज सुगममा 
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
प्रेस युनियन सप्तरीद्वारा पत्रकार महासंघमा  निर्वाचित पदाधिकारीलाई सम्मान
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
नेता मण्डलको आर्थिक सहयोगमा गरिब, विपन्नलाई राहत बितरण गरिदै
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
सप्तरीका १ सय ३६ उद्योग खारेजीमा
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
संक्रमण रोकथामका लागी स्वास्थकर्मीलाई अभिमुखिकरण 
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
भाउजुको हत्यामा संलग्न देवर र देवरानीलाई जन्मकैद
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु