माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व

राजविराज राजविराज
|
सोमबार, चैत्र १९, २०८०
|
|
५६ पटक हेरिएको
Shares
माध्यमिक शिक्षा परीक्षा र हाम्रो दायित्व

सारांश

  •     कुनै बेला उच्चशिक्षा अध्ययनका लागि एसएलसी परीक्षालाई फलामे ढोका भनिन्थ्यो ।
  • पछिल्लो समयमा एसएलसी एसईईमा परिणत भएको छ ।
  • नाम परिवर्तन भएपनि त्यसको महत्व भने यथावत नै छ ।

राजेश झा
    यतिबेला देशैभरि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन भईरहेको छ । देशैभरिका ५ लाख १४ हजार ९ सय ७७ जना बालबालिका परीक्षामा सहभागी भएका छन् । सप्तरीबाट ९ हजार ३ सय २३ जना परीक्षार्थी छन् । 
    गत आइतबारको अनिवार्य गणितका दिन सप्तरीबाट ७१ जना परीक्षार्थी कारबाहीमा परेका छन् । धेरै बर्षपछि सप्तरीमा यस बर्ष परीक्षामा अमर्यादित कार्य गरेपछि यति धेरै संख्यामा परीक्षार्थी कारबाहीमा परेका हुन् । हुन्त हरेक बर्ष देशैभर अमर्यादित क्रियाकलाप गर्ने परीक्षार्थी, कर्मचारी तथा निरीक्षक कारबाहीमा पर्ने गरेकै छन् तर पनि गलत कार्य गर्नबाट चेत्दैनन् ।
    कुनै बेला उच्चशिक्षा अध्ययनका लागि एसएलसी परीक्षालाई फलामे ढोका भनिन्थ्यो । पछिल्लो समयमा एसएलसी एसईईमा परिणत भएको छ । नाम परिवर्तन भएपनि त्यसको महत्व भने यथावत नै छ । फलामे ढोका भनेर चिनिने माध्यमिक शिक्षा परीक्षा पछिल्लो दुई दशकदेखि एसएलसी÷एसईई परीक्षा विग्रिदै गएको देखिन्छ । फलामे ढोका यतिखेर सन्ठीको (पटुवाको डाँठ) ढोका साबित भएको छ । सन्ठीको ढोका साबित हुनुमा विद्यार्थी मात्र नभई सबै सरोकारवाला पक्षहरुको भूमिका रहेको छ । 
    पछिल्लो समय सामुदायिक विद्यालयको शिक्षाको अवस्था खस्किदै गएको कारण एसईई परीक्षा अमर्यादित हुने गरेको कुरालाई नकार्न सकिन्न । एसईई परीक्षा सामुदायिक विद्यालयको कारण मात्र नभई संस्थागत विद्यालयहरुले संस्थागत रुपमै गर्ने गरेको बदमासीको कारण पनि अमर्यादित भएको हो । परीक्षा अमर्यादित हुनुमा सामुदायिक विद्यालयको शिक्षा र संस्थागत विद्यालयको सेटिङ्ग नै प्रमुख कारण होभन्दा फरक पर्दैन । संस्थागत विद्यालयले आफ्नो विद्यालयको केन्द्र परेका विद्यालयमा आफ्नै परीक्षा निरीक्षकहरु राख्नलार्इं सेटिङ्ग मिलाउने र त्यसका लागि विगतमा लाखौंसम्म खर्च गर्ने गरेको समेत पाइएको छ । संस्थागत विद्यालयले मात्र होइन कतिपय सामुदायिक विद्यालयले परीक्षामा राम्रो ब्यवस्था मिलाई दिने भनेर परीक्षार्थीहरुबाट समेत रकम असुल्ने गरेको गुनासाहरु नआएका भने होइनन् । 
    बर्षभरि आफ्ना छोराछोरीहरु विद्यालय गएका छन् कि छैनन् ? पढिरहेका छन् कि छैनन् ? भनी हेर्न फुर्सत नपाउने अभिभावक एसईई परीक्षाअगावै अत्यन्तै फुर्सदिला हुन्छन् र परीक्षामा आफ्ना सन्तानको लागि निरीक्षक राख्न तन मन र धनले लागि परेका हुन्छन् । परीक्षाको पूर्व र परीक्षा अवधिभर निरीक्षकको सत्कारमा अभिभावक लाग्ने गरेका छन् । सत्कार हेर्न साँझपख होटल तथा भट्टीहरुमा पस्दा छर्लङ्ग हुन्छ । 
    एकातिर विद्यालयमा पढाउन तथा सिकाउन शिक्षकहरुमा रुची घट्दै गएको छ भने अर्कोतिर विद्यार्थीमा पढाई प्रतिको लगनशिलता हराउँदै गएको छ । पहिला पहिला बार्षिक परीक्षामा फेल हुने डरले पनि विद्यार्थीले पढाईमा ध्यान दिने गरेका थिए । तर पछिल्लो समय फेल गर्नु हुँदैन त्यसले विद्यार्थीको मानसिकतामा नकारात्मक प्रभाव पर्छ भन्दै कक्षोन्नति पद्धति नै परिवर्तन गरियो । हाम्रो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर ह्रास हुनुमा यो परिवर्तन पनि प्रमुख कारक तत्व बनेको छ । फेल नै नहुने भएपछि विद्यार्थीमा पढाई प्रतिको लगनशिलतामा कमी आएको छ । पढाए पनि नपढाए पनि विद्यार्थीलाई कक्षोन्नति गर्नै पर्ने हुन्छ भनी शिक्षकमा पनि कक्षामा पढाउनेतिर रुची कम हुँदै गयो । शिक्षककै लगन, जिम्मेवारी बोध, पेशाप्रतिको मोह, बालबालिकाको माया र भावनाले प्रेरित भए मात्र कक्षा कोठामा पढाउन सक्छन् । शिक्षकमा त्यस्तो खालको भावना र जिम्मेवारी बोध नभएकाले नै सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर कमजोर भएको हो । 
    लामो समयसम्म शिक्षक सेवा आयोगबाट शिक्षकको पदपूर्ति नभएको अवस्थामा विद्यालय ब्यवस्थापन समितिले शिक्षक भर्ना गरेको अवस्था छ । विगतमा ब्यवस्थापन समितिले राम्रो भन्दा पनि हाम्रोलाई रोजेर भर्ना गरेको कारण अधिकांश सामुदायिक विद्यालयको शैक्षिक अवस्था जर्जर बनेको हो । अधिकांश ब्यवस्थापन समितिले आफूलाई लाभ हुने गरी शिक्षक भर्ना गरेकै कारण योग्य र सक्षम शिक्षकको भर्ना हुन सकेन । यसप्रति अभिभावक वर्गको चासो नै हुदैन । 
    दरबन्दी र विद्यार्थी अनुपातमा शिक्षकको कमीले पनि असर पारेको छ । कतिपय पालिकाहरुले कार्यविधि नै बनाएर स्वयम्सेवक शिक्षक भर्ना गरी आंशिक रुपमै भएपनि शिक्षकको अभावलाई तत्कालका लागि समाधान गर्ने प्रशंसनीय कार्य गरेको छ । 
    शिक्षकको अध्यापन प्रतिको लगनशिलताको कमी, लापरबाही र राजनीति प्रतिको बढ्दो लगावका कारण पनि शिक्षा क्षेत्र धरासायी बन्दै गएको हो । निरन्तर एकै किसीमको शिक्षण शैली, शैक्षिक सामग्रीको प्रयोग नगर्नु जस्ता कारणहरुले गर्दा विद्यार्थीको शैक्षिक उपलब्धीमा निष्प्रभावि बनेको हो । शिक्षक तथा विद्यार्थीको निरन्तर सिकाई उपलब्धीको मापन नगरिनु, अनुगमन निरीक्षण नगर्नु, विद्यालयको शैक्षिक वातावरणलाई राम्रो पार्नेतर्फ स्थानीय तहले ध्यान नदिनुले पनि सामुदायिक विद्यालयको शैक्षिक अवस्था खस्किएको हो । 
    स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ११ को उपदफा २ को खण्ड (ज) बमोजिम अनुगमन, निरीक्षण तथा नियमन गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ तर स्थानीय सरकारको ध्यान भने त्यता तिर गएको देखिदैन । शिक्षा सम्बन्धी हक सुनिश्चित गर्ने दायित्व स्थानीय सरकारको हो । तर स्थानीय सरकार शैक्षिकउन्नयनका लागि उचित योजना बनाई काम गर्नबाट चुकेको देखिन्छ । स्थानीय सरकारले शिक्षाको समग्र विकासका लागि ठोस योजना निर्माण गरी त्यसको प्रभावकारी र फलदायी कार्यान्वयन गर्नु आवश्यक छ । अनिमात्र सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार ल्याउन सकिन्छ ।
    सक्षम र सबल जनशक्ति उत्पादनका लागि माध्यमिक तहसम्मको शिक्षाको अवस्थालाई मजबुत पार्नु आवश्यक छ । सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको ब्यवस्था मिलाउन सकेमा मात्र माध्यमिक शिक्षा परीक्षा मर्यादित हुन सक्छ । नभए कुनै बेलाको फलामे ढोका सन्ठीको ढोकाको रुपमा निरन्तरता पाउने नै छ र हामी हाम्रो सन्ततिलाई रेमिटान्स भित्र्याउने माध्यम बनाईरहने छौं । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
विद्यालय तथा निजि सवारी साधनले  यात्रु ओसार्न थालेको गुनासो
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
प्रदेश २ का कृषि मन्त्री साहद्वारा संघीय  सरकारलाई किसानहरुप्रति गम्भिर हुन आग्रह
वडा अध्यक्षको निधन शोकमा बिदा
वडा अध्यक्षको निधन शोकमा बिदा
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
गजेन्द्र नारायण सिहको पुण्य तिथिमा क्रिकेट प्रतियोगिता 
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
जसपाका नेतामाथी गरिएको कारवाही फिर्ता
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ
तीनै तहको सरकारबीच समन्वयको  अभाव ः प्रदेश २ प्रमुख कायस्थ