विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित

राजविराज राजविराज
|
बुधबार, श्रावण ३०, २०८१
|
|
२५ पटक हेरिएको
Shares
विभिन्न ८ बुँदे माग राख्दै राजगढ गाउँपालिकामा धर्ना, धर्नाका कारण कार्यालयको कामकाज प्रभावित

सारांश

  •     कार्यालय खुल्ना साथ उनीहरु कार्यालय भवनको मुल गेटमै धर्ना बसेका हुन् ।
  • गेटमै धर्ना बसेका कारण कर्मचारीहरु समेत कार्यालयमा छिर्न पाएनन् ।
  • जसले गर्दा बुधबार कार्यालयको कामकाज समेत प्रभावित भएको छ ।

दैनिक समाचारदाता
राजविराज, ३० साउन । 

    सप्तरीको राजगढ गाउँपालिकाका जनप्रतिनीधी तथा गाउँवासीले बहुमत नपु¥याई गरिएको गाउँसभा रद्धसहित विभिन्न ८ बुंदे माग अघि सार्दै शुरु गरेको आन्दोलन कार्यक्रम अन्तर्गत बुधबार गाउँपालिका कार्यालय परिसरमा धर्ना दिएका छन् । 
    कार्यालय खुल्ना साथ उनीहरु कार्यालय भवनको मुल गेटमै धर्ना बसेका हुन् । गेटमै धर्ना बसेका कारण कर्मचारीहरु समेत कार्यालयमा छिर्न पाएनन् । जसले गर्दा बुधबार कार्यालयको कामकाज समेत प्रभावित भएको छ । 
    क्यान्सर रोगले पीडित विरामी सोही गाउँपालिका वडा नं. ५ का अध्यक्ष ७३ वर्षिय दुःखिलाल भन्ने देवेन्द्र प्रसाद साहको नेतृत्वमा पुगेको अन्य जनप्रतिनीधी तथा गाउँवासी सो धर्नामा बसेका छन् ।
    साउन २२ गते आन्दोलन कार्यक्रम सहितको ज्ञापनपत्र गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डललाई बुझाउने क्रममा समाचार संकलन गर्न गएका पत्रकारहरुलाई गाउँपालिकाका अध्यक्ष मण्डलले दुव्र्यवहार गरेको घटनाप्रति धर्नामा बसेका उनीहरुले दुःख व्यक्त गर्दै आन्दोलनको कार्यक्रम सुरु गरेका थिए । 
    यसअघि विधि विधान मिचेर गरिएको गाउँसभा रद्द गरि पुनः नयाँ मिति तोकेर अर्को गाउँसभा गर्न माग गर्दै पालिका अध्यक्ष मण्डललाई गत मंगलबार उनीहरुले ज्ञापनपत्र समेत बुझाएका थिए ।
    त्यसअघि सदरमुकाम राजविराजमा पनि प्रर्दशन गर्दै स्थानीय प्रहरी प्रशासन प्रमुखलाई गाउँपालिकामा ऐन कानुन मिचेर गरिएको गाउँसभा बदरका लागि पहल गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । 
    आन्दोलनका कार्यक्रम अनुसार भदौं साउन ३० देखी भदौं १ सम्म कार्यालय समयसम्म धर्ना, भदौं २ गते पालिकामा तालाबन्दी तथा भदौं ५ गतेदेखी लगातार नाराजुलुस र प्रदर्शनको कार्यक्रम गरिने रहेको छ ।
    आन्दोलनरत पक्षधरले गत साउन १० गते सम्पन्न पालिकाको १३ औं गाउँसभा ऐन कानुन विपरित भएको दाबीसहित उक्त गाँउसभाबाट पारित निर्णयहरु यथास्थितीमा राखी गाउँसभा बदर तथा अर्काे नयाँ मिति तोकेर पुनः गाउँसभा गर्नू पर्ने प्रमुख माग अघि सारेका छन् । 
    त्यसैगरि गाउँपालिकाका अध्यक्ष ओम प्रकाश मण्डलले स्थानीय सरकार संचालन ऐन २०७४ को परिच्छेद ९ को दफा ६५ र दफा ६७ बमोजिम समितिबाट निर्णय नै नगराई मनपरी र एक पक्षिय ढंगले गाउँसभा गरेकाले सो बदर नगरिए चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ । 
    गाउँसभामा कुल ३४ जना कार्यपालिका सदस्य रहेकोमा १ जनाको निधन भई हाल ३३ जना सदस्य कायम छन । जस मध्ये १७ जनाले गत साउन १० गते सम्पन्न गाउँसभालाई अवैधानिक भन्दै ज्ञापनपत्रमा हस्ताक्षर गरी अर्काे गाउँसभा गर्नु पर्ने माग गरेका छन । 
    पालिकाको ०७९÷०८० र ०८०÷०८१ को आय–ब्यय तथा लेखा परिक्षण प्रतिवेदन सार्वजनिक गर्नु पर्ने, पालिकामा कार्यरत कर्मचारीको विवरण उपलब्ध गराउनु पर्ने, पालिकाकाको आफ्नै एउटा स्कारपियो हुदा हुदै थप २ वटा स्कारपियो गाडी भाडामा लिनुको कारण खुलाउनु पर्ने तथा करार पदमा नियुक्त भएका स्वयसेवक शिक्षक तथा प्रशासनिक सहायक पदका कर्मचारीहरुले लामो समय देखी नपाएको तलब सुविधा यथासिघ्र उपलब्ध गराउनु पर्ने लगायतका माग पनि उनीहरुले अघि सारेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय नाघ्यो, हुबेइमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु 
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
बोक्सीको आरोपमा एक महिला आफन्तवाटै कुटिए
विकासको काममा बाधकहरुलाई कुनै पनि हालतमा छुट हुँदैन ः एसपी मनोज यादव 
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
विद्यालयको समयमा कक्षामै पुस्तकको सिरानी बनाएर सुत्दै शिक्षक, कर्मचारी
हात्ति आक्रमणमा परि एक गम्भिर
हात्ति आक्रमणमा परि एक गम्भिर
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
सप्तरीमा चार लाख २४ हजार ७ सय ९ मतदाता
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
पत्रकार पोखरेलमाथी असईद्वारा कुटपिट, तीन दिनभित्र कारबाही गर्ने एसपी कार्कीको प्रतिबद्धता 
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
प्रभातफेरी र विरुवा रोपेर मनाइयो प्रजातन्त्र दिवस
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन