सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु

राजविराज राजविराज
|
सोमबार, आश्विन ७, २०८१
|
|
४२ पटक हेरिएको
Shares
सन्तानको दिर्घायुको कामना गर्दै कठोर पर्व जितिया शुरु

सारांश

  •     परापुर्वकालदेखि गरिदै आएको कठोर पर्व जितियाको पहिलो दिन सोमबार नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो ।
  •     ब्रतको पहिलो दिन सोमबार ब्रत बस्ने महिलाले पोखरी वा जलाशयमामा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र पितृलाई चिउरा, दही, तेल र पिना चढाउँछन् ।
  • यसरी जलाशयको घाटमा चढाईएको प्रसाद आफू र परिवारजनका सदस्यले खान्छन् भने घाटमा चढाईएको तेल सबैले टाउकोमा लगाउने चलन छ ।

दैनिक समाचारदाता
राजविराज, ७ असोज । 

    आफ्नो सन्तानको दिर्घायुको कामना गर्दै तराई मधेशमा सोमबारदेखि विधिवत् रुपमा जितिया पर्वको शुरुवात भएको छ । 
    परापुर्वकालदेखि गरिदै आएको कठोर पर्व जितियाको पहिलो दिन सोमबार नहा खा (नुहाएर खानु) विधि गर्दै शुरु भएको हो ।
    ब्रतको पहिलो दिन सोमबार ब्रत बस्ने महिलाले पोखरी वा जलाशयमामा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान् जितवाहन र पितृलाई चिउरा, दही, तेल र पिना चढाउँछन् । यसरी जलाशयको घाटमा चढाईएको प्रसाद आफू र परिवारजनका सदस्यले खान्छन् भने घाटमा चढाईएको तेल सबैले टाउकोमा लगाउने चलन छ ।
    व्रतको पहिलो दिनको पूजासकेपछि कोदोको रोटी, नोनीको साग र माछा खाने पौराणिक चलन रहिएको आएको छ र यसलाई स्थानीय भाषामा माछ–मरुवा पनि भनिन्छ ।
    ब्रतको दोश्रो दिन मंगलबार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन गर्नुपर्छ, अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । महिलाले ओंगठनमा च्यूरा दही खाएपछि उपवासको क्रम सुरु हुन्छ । 
    यस बर्ष मंगलबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी बुधबार साँझ ५ बजेर २० मिनेट भएपछि मात्रै व्रतीले व्रत सम्पन्न गर्ने पंडित रामकुमार शास्त्रीले बताए ।
    रताई मधेशमा सबै भन्दा कठोर ब्रतको रुपमा रहेको जितियामा उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ र एक पटक ब्रत भंग भयो भने आजिवन ब्रत नबस्ने धार्मिक र पौराणिक मान्याता रहिआएको छ ।
    यसैबीच ब्रतालु महिलाका लागि आशिया पार्टी प्यालेशद्वारा पोखरीको सरसफाई गरेको छ । जितिया पर्वप्रति सदासय देखाउँदै आशिया पार्टी प्यालेसले राजविराज नगरपालिका वडा नम्बर ११ स्थित पोखरी तथा घाटको सरसफाई गरेको हो ।
    पार्टी प्यालेसका संचालक मो. अकबर हुुसैनले ब्रतालु महिलालाई पोखरीमा नुहाउन र पूजा गर्न सहज होस् भन्ने मनसायले पोखरी, घाटको सरफाई गरि घेरा लगाईदिएको बताए ।
    ‘यहाँका ब्रतालु महिलाका लागि सबै भन्दा कठोर पर्व जितियाको पहिलो दिन हजारौं महिला बिगतदेखि नै यस पोखरी नुहाएर पूजा गर्दै आएका छन् तर, पोखरी र घाटको फोहोर हेरेर मलाई राम्रो लागेन अनि व्यवस्थित रुपमा जितिया मनाउन सरसफाई गरेर घेरा पनि लगाई दिएको हुँ’ उनले भने, ‘यसले सामाजिक सदभाव बढाउनुका साथै ब्रती महिलालाई सहज भएको छ ।’
    गत वर्ष पनि जितियामा उनले आफ्नै लगानीबाट पोखरीको सरसफाई तथा घेराबेरा गरि ब्रतालु महिलाहरुलाई जितिया मनाउन सघाएका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?