दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
सप्तरी प्रहरीले मंगलबार प्रतिबन्धित लागुऔषध गाजाँसहित एक स्कारपियो र दुई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुरदेखी कञ्चनपुरतर्फ आउदै गरेको विआर ०७ विए ४५७८ स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह–चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जना पक्राउ
सारांश
- जिल्लाको कञ्नचनरुप नगरपालिका बडा नम्बर ७ स्थित प्रहरी चौकी धरमपुरको चेक प्वाइन्टमा खटिएको प्रहरी टोलीले विहान ६ बजेतिर फत्तेपुरदेखी कञ्चनपुरतर्फ आउदै गरेको विआर ०७ विए ४५७८ स्कारपियोबाट १ सय २० किलो गाजाँसहित दुई जनालाई पक्राउ गरेको हो ।
- पक्राउ पर्नेमा स्कार्पियो चालक सिरहा भगवानपुर गाउँपालिका वडा नम्बर ४ बस्ने वर्ष ३७ बर्षीय चन्देश्वर चौधरी र सह–चालक सोही ठाउँका वडा नम्बर २ बस्ने ६० वर्षीय राम दुलार यादव रहेको सप्तरीका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।
- शंकास्पद लागी रोकी चेकजाँच गर्दा स्कार्पियो भित्र लुकाइ छिपाइ राखिएको ५ वटा बोरा १ सय२० किलोग्राम लागुऔषध गाजाँ बरामद गरी स्कार्पियो सहित दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रकृया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया