जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह

राजविराज राजविराज
|
बुधबार, आश्विन २३, २०८१
|
|
६४ पटक हेरिएको
Shares
जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्छ ः मन्त्री साह

सारांश

  •     बुधबार सप्तरीको तिरहुत गाउँपालिकामा समाजसेवी प्रकाश मेहताद्वारा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
  •       मन्त्री साहले जातपात भन्दा पनि विकास गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताई आफ्नो क्षेत्रको विकास गर्न अवसर दिनुपर्ने उल्लेख गरे ।
  •          “आफू कुनै एक पार्टीको भोटले जितेको मात्र नभई विभिन्न राजनीतिक दल समर्थक मतदाता समेतले दिएको मतबाट नै प्रतिनिधिसभामा पुगेको हुँ ।

दैनिक समाचारदाता
राजविराज, २३ असोज । 

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले जातपातमा होइन, विकास गर्न सक्ने सक्षम नेतृत्वलाई अवसर दिनुपर्ने बताएका छन् ।
    बुधबार सप्तरीको तिरहुत गाउँपालिकामा समाजसेवी प्रकाश मेहताद्वारा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
    मन्त्री साहले जातपात भन्दा पनि विकास गर्न सक्ने उम्मेदवारलाई चुनावमा जिताई आफ्नो क्षेत्रको विकास गर्न अवसर दिनुपर्ने उल्लेख गरे ।    
    “आफू कुनै एक पार्टीको भोटले जितेको मात्र नभई विभिन्न राजनीतिक दल समर्थक मतदाता समेतले दिएको मतबाट नै प्रतिनिधिसभामा पुगेको हुँ ।” उनले भने ।
    सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित मन्त्री साहले सबैको साथबाट नै आफू चुनाव जितेको दाबीका साथ सबैको भलाई हुने दृष्टिकोणबाट आफूले शासक नभई सेवकको रुपमा काम गरिरहेको र भावी दिनमा पनि सेवककै रुपमा यस क्षेत्रको जनताका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
    कार्यक्रमका आयोजक प्रकाश मेहताको अध्यक्षतामा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा जसपा नेता एवं संचारकर्मी भोला पासवान, महिला नेतृ अनुराधा साह, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष डा. पशुपति चौधरी, सरस्वती जनता माध्यमिकका प्रधानाध्यापक रामलखन मण्डल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती कुमारी मण्डल, तिरहुत गाउँपालिकाका पूर्वउपाध्यक्ष तिर्थमाया खंङ्ग, शिक्षक बिनोद यादव, रामकुमार यादव लगायतले पनि शुभकामना दिएका थिए । 
    कार्यक्रममा ५० जना जेष्ठ नागरिकलाई प्रमुख अतिथि मन्त्री साहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । यस्तै आयोजकले क्षेत्रको विकासमा योगदान गरेवापत मन्त्री साह तथा स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत वरिष्ठ डा. पशुपति चौधरीलाई दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
जनज्योतीले सार्वजनिक गर्‍यो चार वर्षे व्यवसायीक रणनीतिक योजना
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
गुट–उपगुट होईन एकजुटको आवश्यकता ः काँग्रेस नेता
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सप्तरीको समानुपातिकतर्फ अन्तिम नतिजा सार्वजनिक, प्रतिनिधि र प्रदेशसभा दुबैमा जनमत पहिलो
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
सार्वजनिक शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थपान ट्रेन्चको उद्घाटन
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
गजेन्द्र नारायण सिंह अस्पतालमा अक्सिजन प्लान्टबाट उत्पादन शुरु
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
नागरिकतासम्बन्धी ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश    
वडाकै आईए पास एक्ली दलित महिला जनप्रतिनिधी
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै
विपद् व्यवस्थापनका लागि पूर्व सुझाव संकलन गरिदै
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन 
वडा नं. ३ को नवनिर्मित  भवनको उद्घाटन