दैनिक समाचारदाता
राजबिराज, १० कात्तिक ।
राजबिराजमा संचालित अन्तर हब टि–ट्वान्टी महिला क्रिकेट प्रतियोगिताको उपाधी महोत्तरीले जितेको छ ।
सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
टस जितेर महोत्तरीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ बिकेटको क्षतिमा १ सय ४१ रनको योगफल खडा गरेको थियो । जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहीन भने रोेजी कडारी ३९ रन बनाएकी थिइन् । बलिङतर्फ सप्तरीकी बन्दना रजकले १ बिकेट लिएकी थिइन् ।
यता जवाफमा सप्तरीले २० ओभरमा ६ बिकेट गुमाएर १ सय २७ रन मात्र बनाउन सफल भएको थियो । जसमा सुमिन्त्रा यादबले ३७, दिपा राम २० अविजित तथा निसु चौधरीले १८ रन बनाएकी थिइन् । बलिङमा महोतरीका गोमा मगर र रोजी कडारी २÷२ बिकेट तथा सिवानी साहले १ बिकेट हात पारेकी थिइन् ।
फाईनल खेलका म्यान अफ दि म्याच सिवानी साह घोषित भइन् । प्रतियोगितामा प्लेयर अफ दि सिरिज साक्षी यादब, बेस्ट बलर बन्दना रजक बेस्ट ब्याटर सिवानी साह घोषित भइन् ।
उक्त अवसरमा मधेश प्रदेश सरकारका पुर्व शिक्षामन्त्री महेश प्रसाद यादव, सबल नेपालका अध्यक्ष जुना गिरी, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, सचिव चन्दनकुमार यादब सदस्यद्वय संजय कार्की, डम्बर नाारायण दास, प्रतियोगिता संयोजक आशिष गुप्ताले बिजेता, उपबिजेतालाई शिल्ड, कप, मेडल प्रमाणपत्र प्रदान गरेका थिए ।
महोत्तरीलाई अन्तर महिला क्रिकेट प्रतियोगिताको उपाधी
सारांश
- सप्तरी क्रिकेट संघको समन्वयमा सबल नेपालद्वारा संचालित तथा एमसिसी फाउन्डेशन र सिडब्लुबीको सहयोगमा आयोजित उक्त प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा महोत्तरीले सप्तरीलाई १४ रनले पराजित गर्दै उपाधी जितेको हो ।
- टस जितेर महोत्तरीले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा १ बिकेटको क्षतिमा १ सय ४१ रनको योगफल खडा गरेको थियो ।
- जसमा सिवानी साहले सर्वाधिक ६८ रन बनाउदै अविजित रहीन भने रोेजी कडारी ३९ रन बनाएकी थिइन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया