शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव

राजविराज राजविराज
|
बुधबार, मंसिर ५, २०८१
|
|
१९ पटक हेरिएको
Shares
शिक्षकले गरे विद्यालयको हाजिरी रजिष्टर गायव

सारांश

  •     प्रहरीका अनुसार रातीको समयमा डियुटीमा रहेका विद्यालयका कार्यालय सहयोगि बिरेन्द्र कर्णबाट प्रशासनिक कक्षको साँचो मागेर कोठाबाट हाजिरी रजिष्टर लिएर शिक्षक यादव हिडेको पाइएको छ ।
  •       जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजिष्टर गायब पारिएको सम्बन्धमा छानबिन गर्ने क्रममा कार्यालय सहयोगि कर्णलाई नियन्त्रणमा लिएपछी सो खुलासा भएको हो ।
  •       प्रहरीको बयान पश्चात् कार्यालय सहयोगि कर्णलाई बुधबार पालिकाको शिक्षा शाखा प्रमुख सन्तोष रायको जिम्मा लगाई थप अनुसन्धान थालिएको उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, ५ मंसिर । 

    सप्तरीको छिन्नमस्ता गाउँपालिका १ स्थित श्री जनता राष्ट्रिय प्राथमिक विद्यालय बरहीमा कार्यरत शिक्षक सुकदेव यादवले मंगलबार राती विद्यालयबाट हाजिरी रजिष्टर गायब पारेको घटना बाहिरिएको छ । 
    प्रहरीका अनुसार रातीको समयमा डियुटीमा रहेका विद्यालयका कार्यालय सहयोगि बिरेन्द्र कर्णबाट प्रशासनिक कक्षको साँचो मागेर कोठाबाट हाजिरी रजिष्टर लिएर शिक्षक यादव हिडेको पाइएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले रजिष्टर गायब पारिएको सम्बन्धमा छानबिन गर्ने क्रममा कार्यालय सहयोगि कर्णलाई नियन्त्रणमा लिएपछी सो खुलासा भएको हो । 
    प्रहरीको बयान पश्चात् कार्यालय सहयोगि कर्णलाई बुधबार पालिकाको शिक्षा शाखा प्रमुख सन्तोष रायको जिम्मा लगाई थप अनुसन्धान थालिएको उनको भनाई छ । 
    छिन्नमस्ता गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा अध्यक्ष ललन कुमा यादवले उक्त विद्यालयका शिक्षक सुकदेव यादव नियमित विद्यालय नआउने तथा उनी नआएको दिनको पनि कहिले आफै त कहिले शिक्षक साथी मार्फत रजिष्टरमा एकमुष्ट हाजिर गर्ने गरेको कुरा बाहिरिएपछी विद्यालयबाट रजिष्टर नै गायब पारिएको बताए । 
    यसबारे पालिकाले पनि आफ्नो स्तरबाट छानबिन थालिएको उनको भनाई ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई  उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

घटनाको सत्यतथ्य छानविनका लागि  उच्चस्तरीय न्यायिक छानवीन समिति  गठन हुनुपर्छ ः डा. यादव 

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह

सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह