न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 

राजविराज राजविराज
|
आइतबार, पौष १४, २०८१
|
|
२० पटक हेरिएको
Shares
न्याय प्रशासनसँग सम्बन्धित ऐन र कार्यान्वयनमा  देखिएका समस्याहरू बारे अन्तरक्रिया 

सारांश

  •     राजविराज उच्च अदालत बार एशोसिएसनको आयोजनामा आइतबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
  •     कार्यक्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्याय प्रशासन ऐन अन्तर्गत निशेधाज्ञायुक्त निवेदन उजुरी सम्बन्धमा निशेधाज्ञा –जिल्ला अदालत संविधानको धारा १५१ बन्दी प्रत्यक्षिकरण पछि कमा राखेर निशेधाज्ञा हुनुपर्ने ठाउँमा त्यसो नभएर संगै भएको, निशेधाज्ञा उच्च अदालत नेपालको संविधानको धारा १४४ मा निशेधाज्ञा हुनुपर्ने ठाउमा त्यसो नभएको, न्याय प्रशासन ऐनको दफा ८ (१) मा समेत निषेधाज्ञा उल्लेख नभएको लगायत विषयमा तमाम त्रुटी भएको बताए ।
  •     कार्यक्रममा मुलुकी देवानी÷फौजदारी संहिताका आधारहरू, मुलुकी देवानी संहिताको संरचना, देवानी संहिताको प्रकृति, कार्यविधिको स्वरूप, मुलुकी देवानी संहिताको दफा २६(३) मा भएको निषेधाज्ञायुक्त निवेदन (उजुरी) सम्बन्धमा, मुलुकी अपराध संहिता, १५५ को सुविधा,सर्वोच्च अदालत नियमावली लगायतका विषयमा वृहत् छलफल गरिएको थियो ।

दैनिक समाचारदाता
राजविराज, १४ पुस ।     

    न्याय प्रशासनसँग सम्बन्धित ऐन तथा कार्यविधि कार्यान्वयनमा देखिएका समस्याहरूको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
    राजविराज उच्च अदालत बार एशोसिएसनको आयोजनामा आइतबार उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
    कार्यक्रममा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले न्याय प्रशासन ऐन अन्तर्गत निशेधाज्ञायुक्त निवेदन उजुरी सम्बन्धमा निशेधाज्ञा –जिल्ला अदालत संविधानको धारा १५१ बन्दी प्रत्यक्षिकरण पछि कमा राखेर निशेधाज्ञा हुनुपर्ने ठाउँमा त्यसो नभएर संगै भएको, निशेधाज्ञा उच्च अदालत नेपालको संविधानको धारा १४४ मा निशेधाज्ञा हुनुपर्ने ठाउमा त्यसो नभएको, न्याय प्रशासन ऐनको दफा ८ (१) मा समेत निषेधाज्ञा उल्लेख नभएको लगायत विषयमा तमाम त्रुटी भएको बताए ।
    कार्यक्रममा मुलुकी देवानी÷फौजदारी संहिताका आधारहरू, मुलुकी देवानी संहिताको संरचना, देवानी संहिताको प्रकृति, कार्यविधिको स्वरूप, मुलुकी देवानी संहिताको दफा २६(३) मा भएको निषेधाज्ञायुक्त निवेदन (उजुरी) सम्बन्धमा, मुलुकी अपराध संहिता, १५५ को सुविधा,सर्वोच्च अदालत नियमावली लगायतका विषयमा वृहत् छलफल गरिएको थियो ।
    जनकपुर राजविराज उच्च वार एशोसिएसनका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा तथा उच्च अदालत जनकपुर राजविराज उच्च इजलासका न्यायाधीश बामदेव ज्ञावालीको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । 
    कार्यक्रममा न्यायाधीश सरला पाण्डे, वरिष्ठ अधिवक्ता सिराहा जिल्ला बारका अध्यक्ष मदन साह, सप्तरी जिल्ला बारका अध्यक्ष कामेश्वर यादव, सिरहा बारका पूर्व अध्यक्ष अधिवक्ता विरेन्द्र सिंह, सुनसरी बारका पूर्व अध्यक्ष अधिवक्ता मनुराज, अधिवक्ता संजिव मल्लिक, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष सुधा देव, पूर्व अध्यक्ष श्याम नारायण लगायतले न्याय प्रशासन ऐनमा परिवर्तन हुनुपर्ने सुझाव दिएका थिए ।
    कार्यक्रममा सप्तरी, सिराहा, रौतहट, धनुषा, सुनसरी तथा काठमाडौंका करिव १ सय वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
पोखरीमा डुबेर दुई बालिकाको मृत्यु 
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
प्रेस सेन्टरद्वारा दश बुँदे माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
समाजवादी किसान महासंघ मधेश प्रदेश समिती गठन 
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
बालबालिकाले लाइटर खेलाउँदै गर्दा सल्केको आगोले लाखौंको सम्पत्ति नष्ट, महिला घाइते
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
नागरिकता विधेयक अंगीकृत नागरिकता र विभेदीकरण 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
साढेको आक्रमणमा परी बृद्धाको मृत्यु 
कोशी पीडितको आन्दोलन स्थगन पर्वपछि आन्दोलन चर्काउने  कोशी पीडितको चेतावनी
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह
संघीय सरकारद्वारा संघीयता समाप्त  पार्ने षडयन्त्र ः प्रदेश मन्त्री साह