दैनिक समाचारदाता
राजविराज, १४ माघ ।
दुबै मृगौला फेल भएकी श्रीमतीको ज्यान बचाउन श्रीमान अहिले हप्ताको तीन दिन साइकलमै बोकेर अस्पताल धाउन थालेका छन् ।
सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन ४५ वर्षिय श्रीमान पाचु सुतिहारको दिनचर्या अहिले यस्तो बेको हो । उनी विगत तीन वर्षदेखी मृगौला रोगले पीडित छिन् ।
साईकलमा श्रीमती बोकेर विगत दुई महिनादेखी घरबाट ३ किलोमिटर टाढा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हप्ताको ३ दिन डायलासिसका लागि पुग्ने गरेका छन् । सोमबार श्रीमतीलाई साइकलमै बोकेर डायलासिसका लागि अस्पताल पुगेका पाचुले आर्थिक अभावका कारण उपचारमा समस्या भएको बताएका छन ।
उनका अनुसार ललिताको तीन वर्ष पहिले पेट र मुटु दुखेको थियो । सुरुमा राजविराज, धरान र विराटनगरमा भएको उपचारले खासै सुधार हन सकेन । त्यसपछि काठमाण्डौ र भारतको दिल्ली सम्म लगी उपचार गराइएको थियो । त्यहाँ उपचारका त्रममा दुबै मृगौलाले काम नगरिरहेको पत्ता लागेको थियो ।
उनका अनुसार उपचारमा अहिलेसम्म ७ लाख रुपैया खर्च भइसकेको छ । चिकित्सकले तत्काल उनको मृगौला प्रत्यारोपण गराउन सुझाव दिएको श्रीमान पाचुको भनाई छ । ललिताका अनुसार ६४ वर्षिय बुवा लक्ष्मणले मृगौला दिन लागेका हुन । अहिले सम्मको स्वास्थ्य परिक्षण रिपोर्ट अनुसार बुआ लक्ष्मणले मृगौला दिन मिल्ने देखिएको चिकित्सकहरुको भनाई रहेको ललिताले सुनाईन ।
भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मृगौला प्रत्यारोपणका लागी नाम दर्ता गराएपनि रमक अभावमा लिएर जान नसकेको पाचुले बताएका छन । “चिकित्सकले मृगौला प्रत्यारोपणमा लाग्ने खर्च र तत्काल खाने औषधी समेत गरी करिब ११ लाख रुपैया लाग्ने, भनेका छन, पाचुले भने–डायलासिसका लागी अस्पताल सम्म पु¥याउन अटो भाडा सम्म नहुदाँ श्रीमतीलाई साइकलमा बोकेर लैजानु परेको बेला त्यत्रो ठूलो रकम जोहो गर्नू त कल्पनै गर्न सकिन्न ।”
उनी फर्निचर उधोगमा काम गर्ने मजदुर हुन । सामान्य आर्थिक अवस्थामा ऋण सापटी लिएर अहिले सम्म उपचार गराउन सकिएको उनको भनाई छ । श्रीमतीको यस्तो अवस्था भएपछि दुई सन्तानको पढाई पनि रोकियो, काममा पनि फर्किन सकिएन र अहिले घर व्यवहार पनि चलाउन समस्या छ, उनले भने–श्रीमती बचाउने अन्तिम प्रयासमा भए भरको घर र सबै सम्पती सकियो, अब कुनै उपाय रहेन ।”
आप्mनो पत्नीको जीवन रक्षाका लागी सबंैसँग सहयोगको हात फैलाउदै उनले सहयोग गर्न चाहने इच्छुक ब्यक्तीले पीडितको नाममा माछापुच्छ«े बैंकमा रहेको खाता नं. ०५३०९८६२३२७०००१८ मा रकम जम्मा गरी सहयोग गर्न आग्रह समेत गरेका छन । त्यसै गरी मोबाईल नं ९८१९७४०८१८ मा पनि सम्र्पक गर्न उनले आग्रह गरेका छन ।
दुबै मृगौला फेल भएकी श्रीमतीलाई डायलासिसका लागि साइकलमा बोकर अस्पताल धाउँदै पाचु
सारांश
- सप्तरीको राजविराज नगरपालिका ९ मलेठ की ३९ वर्षिया ललिता देवी सुतिहारलाई बचाउन ४५ वर्षिय श्रीमान पाचु सुतिहारको दिनचर्या अहिले यस्तो बेको हो ।
- उनी विगत तीन वर्षदेखी मृगौला रोगले पीडित छिन् ।
- साईकलमा श्रीमती बोकेर विगत दुई महिनादेखी घरबाट ३ किलोमिटर टाढा रहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा हप्ताको ३ दिन डायलासिसका लागि पुग्ने गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया