महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २२, २०८१
|
|
६८ पटक हेरिएको
Shares
महिलाको विकास बिना मुलुकको विकास सम्भव छैन् ः मन्त्री साह

सारांश

  •     राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा ६ दिने लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको शुक्रबार समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।
  •       उनले अहिले पनि समाजमा महिला हिंसा कायम रहनु दुर्भाग्यपूर्ण रहेको टीप्पणी गर्दै महिलाहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सबल गराई अवसर समेत दिन आवश्यक रहेको बताए ।
  •         मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण भन्दै लैङ्गिक हिंसा कायम रहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नरहेको उनको भनाई थियो ।

दैनिक समाचारदाता
राजविराज, २२ चैत ।

    महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले मुलुकमा ५१ प्रतिशत जनसंख्या रहेको महिलाको विकास बिना मुलुकको विकास सम्भव हुन नसक्ने बताएका छन् । 
    राजविराजस्थित मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजको सभाकक्षमा ६ दिने लैङ्गिक उत्तरदायी अनुसन्धान तथा संचारसीप सम्बन्धी तालिमको शुक्रबार समापन गर्दै मन्त्री साहले यस्तो बताएका हुन् ।  
    उनले अहिले पनि समाजमा महिला हिंसा कायम रहनु दुर्भाग्यपूर्ण रहेको टीप्पणी गर्दै महिलाहरुलाई शिक्षा र स्वास्थ्य क्षेत्रमा सबल गराई अवसर समेत दिन आवश्यक रहेको बताए ।         मुलुकमा अहिले पनि लैङ्गिक हिंसा कायम रहनु दुर्भाग्यपूर्ण भन्दै लैङ्गिक हिंसा कायम रहनु कुनै पनि दृष्टिकोणबाट उपयुक्त नरहेको उनको भनाई थियो । 
    कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री साहले लैङ्गिक हिंसा नियन्त्रणमा तीन वटै तहका सरकारको प्रमुख जिम्मेवारी रहेको उल्लेख गरे ।  
    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहाल, प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले पनि बोल्दै महिला हिंसा न्यूनिकरणका लागि प्रहरी प्रशासनले गरेको प्रयास र खेलेको भूमिका बारे चर्चा गरे । 
    नेपाल सरकार र एशियाली विकास बैंकको साझेदारीमा संचालित महिला समुत्थान परियोजना अन्तरगत नेपाल प्रहरीमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुलाई लैङ्गिक अपराधको अनुसन्धान सम्बन्धी ज्ञान, सीप र क्षमताको विकास तथा उक्त कार्यमा सक्षम र सबल बनाउने उद्देश्यका साथ गत चैत्र १७ देखी उक्त तालिम सुरु भएको थियो । 
    तालिममा सेक्सुअल अफेन्स, एकाउन्टिबिलिटी, डोमेस्टिक भ्वाइलेन्स, जेन्डर इक्विलिटी एण्ड सोसल इनक्लुजन, लिगल प्रेभिजन, जेन्डर बेस्ड भ्वाइलेन्स लगायत १४ विषयमा तालिम प्राप्त प्रशिक्षकहरुबाट तालिम प्रदान गरिएको थियो ।  
    कार्यक्रम महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र नेपाल प्रहरीको सहकार्यमा सम्पन्न गरिएको मन्त्रालयका अधिकृत दिपिका सिटौलाले जानकारी दिइन् । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
डराउनु पर्दैन हामी सुरक्षित छांै सावधानी अपनाऔं
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
सप्तरीको चार क्षेत्र मध्ये तीन वटामा काँग्रेसको  संस्थापन पक्ष र एकमा संस्थापन इतर
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
पूर्वाधार सहितको प्राविधीक र गुणस्तरीय  शिक्षा आवश्यक ः मन्त्री सुडी
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
प्रतिष्ठानको काम सूचारु गराउन प्रधानमन्त्रीलाई ज्ञापन
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
भन्सार छलेका विभिन्न कपडा  तथा किराना सामानहरु बरामद
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
स्वास्थकर्मीहरूको पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
पाँच वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
आमाले विषपान गराएका छोराको मृत्यु, आफू गम्भिर 
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो
चाड पर्व नजिकै जाँदा बजार अनुगमन टोली तात्यो