“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 

राजविराज राजविराज
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
७३ पटक हेरिएको
Shares
“अधिवेशनको सम्पूर्ण तयारी पुरा” 

सारांश

  •     नेकपा एमालेले राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको हो ।
  •       पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिवार हुने उद्घाटन सत्र र चैत ३१ गते आईतवार हुने बन्द सत्रको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए ।
  •       उनले केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा आउने बताए ।

दैनिक समाचारदाता
राजविराज, २९ चैत । 

    नेपाल कम्युनिष्ट पार्टी (एमाले) सप्तरीको हुन लागेको १० औं जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ ।
    नेकपा एमालेले राजविराजस्थित पार्टी कार्यालयमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि जिल्ला अधिवेशनको तयारी बारे जानकारी दिएको हो । 
    पत्रकार सम्मेलनमा बोल्दै जिल्ला अध्यक्ष ताराकान्त चौधरीले चैत ३० गते शनिवार हुने उद्घाटन सत्र र चैत ३१ गते आईतवार हुने बन्द सत्रको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । 
    उनले केन्द्रिय उपाध्यक्ष रामबहादुर थापाले जिल्ला अधिशनको उद्घाट्न सत्रलाई प्रमुख अतिथिको रुपमा आउने बताए ।
    १० औं जिल्ला अधिवेशनबाट ५ जना पदाधिकारीसहित १ सय ३५ सदस्यीय जिल्ला कमिटि चयन गरिने उनको भनाई छ ।
    अधिवेशनका लागि जिल्लाभरिबाट ३ सय ५२ जना अधिवेशन प्रतिनिधिको सहभागिता रहने जिल्ला सचिव देवनाथ यादवले जानकारी दिए । 
    “खुल्लाबाट २ सय २४ जना, महिला ८६ जना र युवा ४२ जनागरि ३ सय ५२ जनाअधिवेश प्रतिनिधिको सहभागिता रहनेछ” सचिव यादवले भने । अधिवेशनलाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन एक सय स्वंसेवक समेत परिचालन गर्ने व्यवस्था मिलाईएको यादवको भनाई छ । 
    पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा मधेश प्रदेशका गृह तथा संचारमन्त्री राजकुमार लेखि, पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज सुमनराज प्याकुरेल, केन्द्रिय सदस्य जितेन्द्र नारायण देव लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
विद्युत सर्ट भई आगलागीहुँदा पचास लाख मुल्य बराबरको क्षति 
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
व्यवस्थापन समितिका कारण हुने राजनीतिले गर्दा शैक्षिक गुणस्तर खस्कियो ः मुख्यमन्त्री सिंह
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
अहिले पनि मधेश संघर्षरत छ ः प्रदेश सांसद सुमन
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
आजदेखी दुई शिफ्टमा कार्यालय संचालन 
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
मदिरा सेवन गरी यात्रुबाहक वस चलाउदा चालक प्रहरी फन्दामा
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
अन्तरबिधालय क्रिकेटको उपाधी पिसल्यान्डले हात पा¥यो 
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका,  छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
सप्तरीमा ५० हजार पशुपंक्षिको बली प्रदान, कंकालिनिमा ६ सय ३२ राँगा, २० हजार ५ सय खसीबोका, छिन्नमस्तामा २५ हजार खसीबोकाको बली प्रदान
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
मधेश प्रदेश महिला क्रिकेटमा सप्तरीको दोेस्रो जित
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
लोसपाको सबै पदबाट लेखीले दिए राजिनामा
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात 
महादेवामा ८३ लाख २७ हजारमा खरीद गरिएका सामानको छैन् मौज्दात