विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न

राजविराज राजविराज
|
बुधबार, जेठ ८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
विभिन्न कार्यक्रम गरि राष्ट्रिय पोषण सप्ताहा सम्पन्न

सारांश

  •     सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजना जेठ १ गतेदेखि ७ गते सम्म राष्ट्रिय पोषण सप्ताहा सम्पन्न भएको हो ।
  •       जिल्लाका ६४ वटा समुदायिक बिद्यालयका छात्र÷छात्रा र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागितामा सम्पन्न पोषण सप्ताहा अन्तरगत बिद्यालय स्वास्थ्य पोषण सप्ताहा, हाजरी जवाफ प्रतियोगिता, पोषण प्रर्दशनी लगायतको कार्यक्रम गरिएको सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देवले जानकारी दिएका छन् ।
  •       राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत पहिलो दिन पोषण प्रर्दशनी, दोश्रो दिन स्वास्थ्य शिक्षा, तेश्रो, चौथो र पाँचौ दिन कक्षा १ देखि कक्षा १० सम्मका छात्र÷छात्रा तथा बालबालिकाहरुलाई जुकाको औषधी (एलबेन्डा जोल) खुवाइएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, ८ जेठ । 
    राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत सात दिने कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
    सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजना जेठ १ गतेदेखि ७ गते सम्म राष्ट्रिय पोषण सप्ताहा सम्पन्न भएको हो । 
    जिल्लाका ६४ वटा समुदायिक बिद्यालयका छात्र÷छात्रा र स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुको सहभागितामा सम्पन्न पोषण सप्ताहा अन्तरगत बिद्यालय स्वास्थ्य पोषण सप्ताहा, हाजरी जवाफ प्रतियोगिता, पोषण प्रर्दशनी लगायतको कार्यक्रम गरिएको सेभ द सप्तरीका फिल्ड अफिसर बिष्णुकान्त देवले जानकारी दिएका छन् । 
    राष्ट्रिय पोषण सप्ताहा अन्र्तगत पहिलो दिन पोषण प्रर्दशनी, दोश्रो दिन स्वास्थ्य शिक्षा, तेश्रो, चौथो र पाँचौ दिन कक्षा १ देखि कक्षा १० सम्मका छात्र÷छात्रा तथा बालबालिकाहरुलाई जुकाको औषधी (एलबेन्डा जोल) खुवाइएको उनले बताए । सोही क्रममा स्वास्थ्य जाँच समेत गरिएको तथा अतरिक्त क्रियाकलाप र बिभिन्न बिद्यालयको सरसफाई समेत गरिएको उनले बताए । 
    सो अभियान अन्र्तगत छैठों दिन बिद्यालय स्तरमा प्राथमिक तहका छात्र÷छात्राहरुलाई सहभागिता गराई हाजरी जवाफ प्रतियोगिता गर्नुको साथै सातौ दिन पालिकास्तरीय हाजरीजवाफ प्रतियोगिताको आयोजना गरि  प्रथम, द्धितिय, तृतिय हुनेहरुलाई पुरस्कार समेत बितरण गरिएको थियो ।
    प्रथम हुने समूहलाई तिन खाना भएको टिफिन, दोश्रो हुनेलाई दुई खानाको टिफिन र तेश्रो हुनेलाई पानी खाने बोतल प्रदान गरिएको छ भने सान्त्वना पुरस्कार पाउनेलाई दातमाझ्ने ब्रस र एउटा पेस्ट प्रदान गरिएको सेभ द सप्तरीका सुपरभाइजर मोनीका मिश्रले जानकारी दिए । 
    सो कार्यक्रममा छिन्नमस्ता गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका र बिष्णुपुर गाउँपालिका तथा राजविराज नगरपालिकाको करिब ६ वटा वडाका सामुदायिक बिद्यालयका शिक्षक, शिक्षिका, बालबालिका र स्वास्थ्य चौकीका स्वास्थकर्मीहरुको सहभागिता रहेको थियो ।    
    त्यस्तै सेभ द सप्तरीका सचिव नरेन्द्र यादव, सेभ द सप्तरीका फिल्ड औफिसर घुरण यादव, ललिता मण्डल, सुपरभाइजर मोनीका मिश्र, समुदायिक परिचालक मिठु झा, कासिन्द्र खंग, जितेन्द्र प्रसाद देव, राम कुमार राम, बिनिता यादव लगायतकाले कार्यक्रमको अनुगमन गरेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
पुष्पलालले उठाएको आवाज, बिचार र सिद्वान्तमा पार्टी बर्गले प्रेरणाको रुपमा लिनुपर्छ ः वक्ताहरु
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
उच्च अदालत वार एशोसिएशनका नव निर्वाचित पदाधिकारीको पदस्थापना 
धरानबाट फैलिएको डेंगु रोग इनरुवा हुँदै सप्तरीमा 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
महिला अभियन्ताहरुले विवाहको उमेर घटाउने प्रस्ताव बिरुद्ध प्रधानमन्त्रीलाई बुझाए ज्ञापन 
प्रेस युनियनद्वारा महासंघमा धर्ना
प्रेस युनियनद्वारा महासंघमा धर्ना
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
राजविराज भन्सार कार्यालयद्वारा लक्ष्य भन्दा ३९ प्रतिशत कम राजश्व संकलन 
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
दुई लाख २६ हजार छात्रबृत्ति प्रदान
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
चौंथो संस्करणको सप्तरी प्रिमियर लिग चैत ७ देखि
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
राजदुत नियुक्ती र विश्वविद्यालयमा देखिएको समस्या बारे जसपाले बुझायो प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ज्ञापन 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद 
ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद