महिलालाई आत्मनिर्भर बनाउने प्रयास

राजविराज राजविराज
|
आइतबार, बैशाख २१, २०८२
|
|
१०४ पटक हेरिएको
Shares
महिलालाई आत्मनिर्भर बनाउने प्रयास

सारांश

  • २०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
  •       तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे ।
  •       ९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन ।

दैनिक समाचारदाता
राजविराज, २१ वैशाख । 

    नेपाल–भारत मैत्री संघ सप्तरीले तीन महिने निःशुल्क सिलाइ कटाई तालिम दिएर गरिब विपन्न महिलालाई आत्मनिर्भर बनाउने प्रयास गरेको छ । 
२०८१ माघ १३ देखी संघद्वारा सुरु गरिएको तीन महिने निःशुःल्क सिलाई कटाई तालिम आईतवार सम्पन्न भएपछि सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  
    तालिममा सहभागीहरुका लागी आयोजित प्रमाणपत्र वितरण कार्यक्रममा प्रमुख अतिथी प्रत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले गरिब विपन्न बेरोजगार महिलालाई स्वरोजगारको सिर्जना गर्न र आय आर्जनको श्रोत जुटाउन तालिमले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास ब्यक्त गरे । 
    ९० दिन सम्म चलेको तालिममा नगर र आसपास क्षेत्रका २० जना महिलाले तालिम प्राप्त गरेको प्रशिक्षिका प्रमिला यादवले जानकारी दिईन । 
प्रशिक्षार्थी काजल कुमारीले तालिममा प्राप्त ज्ञानलाई फुर्सदको समयमा सदुपयोग गर्ने र घर मै वसेर व्यवसाय संचालन गरी आय आर्जन गर्ने अवसर र हौसला मिलेको सुनाईन । 
    नेपाल–भारत मैत्री संघ सप्तरीका अध्यक्ष मनोज मुन्धडाको अध्यक्षतामा आयोजित प्रमाणपत्र वितरण तथा समापन समाहरोमा संघका उदयपुर जिल्ला अध्यक्ष करुणा झा, उपाध्यक्ष ओम प्रकास साह, महासचिव सत्यवान कुमार सिंह, नेपाल पत्रकार महासंघका राष्ट्रिय परिषद सदस्य मनोज कुमार माझी, नेपाली काँग्रेस मधेश प्रदेश समितीका सहमहामन्त्री विन्दु कुमारी यादव लगायतले पनि शुभकामना दिदै गरिब विपन्न महिलाहरुको आत्मबल बढाउन तथा सीप सिकाएर उनीहरुलाई आय आर्जनको श्रोत जुटाउन संघले गरेको प्रयास सराहायनीय कार्य भएको बताएका थिए । 
    तालिममा सहभागी भएकाहरुका लागी सिलाई मेशीन खरिद र प्रशिक्षिकाको पारिश्रमिक लगायतका कार्यमा भएको खर्च समाजेवी शैलेन्द्र मोहन झा, नेपाल–भारत मैत्री संघ सप्तरी शाखाका अध्यक्ष मनोज मुन्धडा र साहित्यकर्मी समेत रहेकी नेपाल–भारत मैत्री संघ उदयपुरकी अध्यक्ष करुणा झाले मिलेर नीजी लगानी गरेर व्यवस्थापन गरेको तालिम आयोजक संस्थाले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरिक पक्राउ
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
महवुवको बिष्फोटक ब्याटिंगले सप्तरी फाईनलमा पर्सासँग भिड्ने 
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
जसपा नेपालको केन्द्रिय समिति बिस्तार, सप्तरीबाट एकै परिवारका बाबु, छोरी, भाईसहित २३ जना बने केन्द्रिय सदस्य
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
समयमा निर्वाचन खर्च नबुझाए वापतको जरिवाना मिनाहको माग गर्दै ज्ञापन
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
४४ जना पशुपालकलाई मोटरसहितको  च्यापकटर मेसिन प्रदान
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
कृषि विश्वविद्यालय प्रति भ्रम फैलाउने काम भएको छ ः महेश यादव
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
घरपटीलाई कोठामै थुनेर लाखौंको धनमाल चोरी
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
सप्तरीमा महिलामाथी घरेलु हिंसा र घर निकालाका घट्ना तिब्र 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
बरिष्ठ पत्रकार भट्टराईको अन्तिम बिदाई, पत्रकार महासंघद्वारा झण्डा ओढाएर सम्मान 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने 
सप्तरीमा ३ हजार २ सय ७८ जनालाई म्यादी प्रहरीमा खटाइने