राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने

राजविराज राजविराज
|
सोमबार, बैशाख २९, २०८२
|
|
३३ पटक हेरिएको
Shares
राजबिराज बसपार्कको एक हप्ता भित्रै उद्घाटन हुने

सारांश

  •     सोमवार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरिक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै एक साता भित्रै उद्घाटन गरिने जनाइएको छ ।
  •       कार्यवाहक नगरप्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भईसकेकोले उद्घाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए ।
  •     बसपार्क संचालनमा आएपछि बर्षौदेखी राजबिराज नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तब्यस्त अबस्थामा सुधार आउने उनको भनाई छ ।

दैनिक समाचारदाता
राजविराज, २९ बैशाख ।
 
    गत सातामात्रै सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरीले हस्तान्तरण गरेको राजविराज बसपार्क आउँदो एक साता भित्रै उद्घाटन गरिने तयारी गरिएको छ । 
    सोमवार राजबिराज नगरपालिका कार्यवाहक नगरप्रमुख ईसरत परविनको अगुवाईमा तथा प्रमुख जिल्ला अधिकारी भोला दाहालसहित सरोकारवाला निकायहरूको टोलीले स्थलगत निरिक्षण गर्दै बसपार्क सुचारू गर्न सम्पुर्ण तयारी पूरा भएको जानकारी दिदै एक साता भित्रै उद्घाटन गरिने जनाइएको छ । 
    कार्यवाहक नगरप्रमुख परविनले राजविराज बसपार्कको स्थलगत अवलोकन तथा निरीक्षण कार्य सम्पन्न भईसकेकोले उद्घाटनका लागि आवश्यक तयारीहरू अन्तिम चरणमा पुगेका बताए ।
    बसपार्क संचालनमा आएपछि बर्षौदेखी राजबिराज नगरको मुख्य सडकमा देखिएको सवारीहरुको चापसँगै बजारको अस्तब्यस्त अबस्थामा सुधार आउने उनको भनाई छ ।
    शहरी विकास मन्त्रालयको १५ करोड ६० लाख रुपैयाँमा नव निर्मित बसपार्कको २०७४ साल पुष १९ मा सिनर्जी विल्डर्स प्रालि कुलेश्वर १४ काठमाडौंले ठेक्का सम्झौता गरेको थियो । बसपार्कको पहिलो पटक २०४४ सालमा तत्कालीन प्रधानमन्त्री मरिचमान सिंह, दोश्रो पटक २०४६ मा तत्कालीन अञ्चलाधीश सूर्यबहादुर सेन ओली र तश्रो पटक २०५२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शिलान्यास गरेका थिए । तर, निर्माण काम अगाडी बढ्न सकेको थिएनन् ।
    पछिल्लो पटक (चौथो पटक) २०७४ सालमा शहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा र राजविराज नगरपालिकाका तत्कालिन प्रमुख शम्भुप्रसाद यादवले संयुक्त रुपमा बसपार्कको शिलान्यास गरेका थिए । 
    राजविराजको राजदेवी चौक स्थित १९ हजार ६ सय ४४२ वर्ग किलोमिटर क्षेत्रफलमा निर्माण गरिएको आधुनिक सुविधा सम्पन्न बसपार्कमा सोधपुछ कक्ष तथा मुख्य प्रवेशद्वार, टिकट काउन्टर र बेटिङ एरिया सहित पुरुष शौचालय, २ वटा पसल र शौचालय, रेष्टुरेन्ट, मिनीमार्केट हल, बैंक ब्रान्च, पाँच तल्ले क्लक टावर, दुईवटा गार्ड हाउस, दुईवटा मेन गेट पब्लिक शौचालय र सर्भिस सेन्टर लगायतको संरचना निर्माण गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
२२ वर्षिया सजनले गरिन आत्महत्या, ८० वर्षिया बृद्धाद्वारा आत्महत्या प्रयास
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
बैंकका सुरक्षागार्डको हत्यामा संलग्न पूर्वसशस्त्र प्रहरी जवान पक्राउ, ऋणमा डुबेर परिवार पाल्न गाहे भएपछि बैंक लुट्ने योजना ः प्रहरी 
दोश्रो तलाबाट खसेर एकको मृत्यु
दोश्रो तलाबाट खसेर एकको मृत्यु
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
जेसीजमा देवको नेतृत्व, पदस्थापन सम्पन्न
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
दूध ब्यवसायका लागि तीन दिने तालिमको आयोजना
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
बिडी पिउन नदिएपछि मागन्तेको हत्या
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
तीन बुदे लिखित प्रतिबद्धता पश्चात् मलाह  समुदायका पाँच वृद्धले तोडे आमरण अनसन
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
राजविराज दैनिक लगातार पाँच वर्ष “क” वर्गमा पर्न सफल
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण
मलामी गएको तस्बिर खिचेपछि पत्रकारको परिवारमाथि आक्रमण