दैनिक समाचारदाता
जनकपुरधाम, ११ जेठ ।
गणतन्त्र दिवसको अवसर मधेस सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गर्ने भएको छ ।
गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले यही जेष्ठ १५ गते गणतन्त्र दिबसको अवसरमा एक समारोहका बिच यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान सहित अभिनन्दन गरिने जानकारी दिएका छन् ।
प्रदेश सरकार प्रवक्ता समेत रहेका सञ्चार मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र यस प्रदेशका आठै जिल्लास्थित रहेका नेपाल पत्रकार महसघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामाबली उपलब्ध गराइ दिन आग्रह समेत गरेका छन् ।
वि.स. २०६५ साल जेष्ठ १५ गते संविधानसभाको पहिलो ऐतिहासिक बैठकले एक शताब्दी लामो राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । जनआन्दोलन २०६२÷६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी यो मनाइने गरिन्छ ।
गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान गरिने ः संचारमन्त्री लेखी
सारांश
- गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले यही जेष्ठ १५ गते गणतन्त्र दिबसको अवसरमा एक समारोहका बिच यस प्रदेशका प्रेस स्वतन्त्रता सेनानीहरुलाई सम्मान सहित अभिनन्दन गरिने जानकारी दिएका छन् ।
- प्रदेश सरकार प्रवक्ता समेत रहेका सञ्चार मन्त्री लेखीले नेपाल पत्रकार महासंघ मधेस प्रदेश र यस प्रदेशका आठै जिल्लास्थित रहेका नेपाल पत्रकार महसघका शाखाहरुलाई प्रेस स्वतन्त्रता सेनानीहरुको नामाबली उपलब्ध गराइ दिन आग्रह समेत गरेका छन् ।
- वि.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया