ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु

राजविराज राजविराज
|
बुधबार, आषाढ ४, २०८२
|
|
३२ पटक हेरिएको
Shares
ट्याक्टरले ठक्कर दिँदा  मोटरसाइकल चालकको मृत्यु

सारांश

  •     गत आइतबार मात्रै विवाह भएको मो.
  • आजाद चढेको मोटरसाइकललाई मंगलबार राती ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
  •       राती ९ः३० बजेतिर प्र.

दैनिक समाचारदाता
राजविराज, ४ असार ।

    तीन दिनअघि मात्र विवाह बन्धनमा बाधिएका सप्तरीको रुपनी गाउँपालिका १ निवासी २४ वर्षिय मो.आजाद मियाँको मंगलबार राती दुर्घटनामा परि मृत्यु भएको छ । 
    गत आइतबार मात्रै विवाह भएको मो.आजाद चढेको मोटरसाइकललाई मंगलबार राती ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । 
    राती ९ः३० बजेतिर प्र.२–०१–००१प.३१३५ नम्बरको मोटरसाइकल चढेर काम विशेषले शम्भुनाथ बजारतर्फ जाँदै गर्दा विपरीत दिशाबाट तिब्र गतिमा आउँदै गरेको स.१प.४९७२ नम्बरको ट्याक्टरले शम्भुनाथ चौक नजिकै ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका उनको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सो दुर्घटनामा उनीसँगै सवार सोही वडाका १८ वर्षिय मो. समिर मियाँ गम्भिर घाइते भएका छन् । उनको धरानस्थित विपि कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । 
    ठक्कर दिने ट्याक्टर र चालक शम्भुनाथ नगरपालिका १ बस्ने २७ वर्षिय कैलाश यादवलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
बिद्यालयहरुलाई कोभिड १९ बाट जोगिन स्वास्थ्य सामग्री सहयोग
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
वडा कार्यालयको उदघाटन, जेष्ठ नागरिक, एकल महिलालाई सम्मान 
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
सरकारी कार्यालयमा कर्मचारीको चरम अभाव ः प्रजिअ गौतम
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
चेतनाको अभावमा कुपोषण दर बढ्यो 
झाको निधनले काँग्रेस स्तब्ध
झाको निधनले काँग्रेस स्तब्ध
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै बोदेबर्साईनमा माओवादी केन्द्रको बैठक
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
सामुदायिक बिद्यालय सरह  संस्थागत बिद्यालयलाई पनि सेवा सुबिधा दिने ः सामाजिक मन्त्री साह
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
गौं सेवा आश्रममा आगलगीहुँदा दश लाखको क्षती
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा 
प्रदेश २ को नाम ‘मधेस’, राजधानी ‘जनकपुरधाम’, आज मधेस प्रदेशमा सार्वजनिक विदा