दैनिक समाचारदाता
राजविराज, १९ असार ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलेर भारतबाट ल्याउँदै गरेको लाखौं मुल्य बराबरको कपडा तथा अन्य सामाग्रिहरु बरामद गरेको छ ।
जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ कुशहा चौकस्थितमा प्रहरी गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी अटोमा ल्याउँदै गरेको ५ लाख १७ हजार ९ मुल्य बराबरको कपडा बरामद गरेको हो ।
प्रहरीका अनुसार मधेस प्रदेश ०१–००१ह.१४१९ नम्बरको अटोमा लोड गरी सुतीको साडी, लेडिक कुर्ता सुरुवाल लगायतका सामानहरु ल्याउँदै गर्दा प्रहरीहरुलाई देख्ने बित्तिकै मानिसहरु फरार भएको जनाएको छ ।
यस्तै प्रहरीले जिल्लाकै बोदेबर्साईन नगरपालिका १० खडकपुर नजिकै हनुमान मन्दिरस्थित भारतबाट अवैध रुपमा भन्सार छलि भारतीय नम्बरको मोटरसाइकलमा बोराहरु लोड गरी ल्याउदै गरेको दुध र तेल प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय राजबिराज सप्तरीबाट खटिएको प्रहरी गस्ती टोलीलाई देख्नै बित्तिकै मोटरसाइकलसहित करिब ४८ हजार मुल्य बराबरको सामान छोडी मानिसहरु फरार भएका थिए ।
यसैगरि जिल्लाको विष्णुपर गाउँपालिका ५ विष्णुपुर चौकस्थित खटेको गस्ती प्रहरी टोलीले विभिन्न कपडाहरु बरामद गरेको छ । भारतबाट अवैध रुपमा भन्सार छलि तथा चोरी पैठारी गरी ल्याउदै गरेको अवस्थामा प्रहरीहरुलाई देख्ने बित्तिकै बोराहरु सोही स्थानमा छाडी मानिस फरार भएको जनाइएको छ । बरामद गरिएका सामानहरु ४५ हजार ७ सय मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।
तीनै स्थानबाट बरामद गरिएका सामान तथा मोटरसाइकल र टेम्पु प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
लाखौं मुल्य बराबरको भन्सार छलेका सामानहरु बरामद
सारांश
- जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ कुशहा चौकस्थितमा प्रहरी गस्ती टोलीले भारतबाट अवैध रुपमा भन्सार छली तथा चोरी पैठारी गरी अटोमा ल्याउँदै गरेको ५ लाख १७ हजार ९ मुल्य बराबरको कपडा बरामद गरेको हो ।
- प्रहरीका अनुसार मधेस प्रदेश ०१–००१ह.
- १४१९ नम्बरको अटोमा लोड गरी सुतीको साडी, लेडिक कुर्ता सुरुवाल लगायतका सामानहरु ल्याउँदै गर्दा प्रहरीहरुलाई देख्ने बित्तिकै मानिसहरु फरार भएको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
लिट्मसको ‘पावर पार्टनर्स मिट २०८३’ सम्पन्न
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
प्रतिक्रिया
० प्रतिक्रिया