दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
लामो समयदेखी “राजविराज–सखडा–गोविन्दपुर” सम्मको सडक निर्माण गर्न हेलचक्राइ गरेको भन्दै सोमबार नेकपा माओवादीका नेता एवम् पूर्वसिंचाई मन्त्री उमेश कुमार यादवको नेतृत्वमा पैदलयात्रा निकालिएको छ ।
सडक निर्माणका लागि दवाव सिर्जना गर्न उनको नेतृत्वमा पैदलयात्रा निकालिएको हो । सखडाबाट निकालिएको पैदलयात्रा विषणपुर चौक पुगेर समापन गरिएको थियो ।
राजविराज–सखडा–गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै पैदलयात्रा निकालिएको थियो ।
लामो समय सडक जर्जर अबस्थामा हुँदा समेत निर्माण कार्य कछुवा गतिमा भएकोले दवाव स्वरुप पैदल यात्रा गरिएको पूर्वमन्त्री यादवले बताए । शान्तिपूर्ण आन्दोलनबाट सुनुवाइ नभए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिए ।
सडक निर्माणको माग गर्दै पैदल यात्रा
सारांश
- सडक निर्माणका लागि दवाव सिर्जना गर्न उनको नेतृत्वमा पैदलयात्रा निकालिएको हो ।
- सखडाबाट निकालिएको पैदलयात्रा विषणपुर चौक पुगेर समापन गरिएको थियो ।
- राजविराज–सखडा–गोविन्दपुरसम्मको सडक अविलम्ब निर्माण गर, सुशासन कायम गर, कुशासन बन्द गर, सुशासन हेर्ने सखडा आउ’ भन्ने विभिन्न नारा लगाउँदै पैदलयात्रा निकालिएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया