जंगली हात्ति धपाउन  चार राउण्ड हवाई फायर 

राजविराज राजविराज
|
शनिबार, जेठ १८, २०७६
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  •     स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् ।
  • हात्ति आतंकका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए ।
  • कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ ।

    राजविराज÷कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केका जंगली हात्तिको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन शुक्रबार मध्यराती प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । 
    रुपनी गाउँपालिकाको विभिन्न क्षेत्रमा जंगली हात्ति पस्न लागेको खबर पाएपछि पुगेको प्रहरी टोलीले गाउँलेलाई जोगाउन ४ राउण्ड हवाई फायर गरी जंगली हात्तिलाई धपाएको हो । 
    राती सवा १२ बजेतिर कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको हात्तीको समूह आसपासका जंगल हुँदै गाउँमा प्रवेश गर्न लागेको खबर आएपछि पुगेको प्रहरी टोलीले ४ राउण्ड हवाई फायर गरी हात्तिलाई धपाएको प्रहरी निरिक्षक गुरु तिमिल्सिनाले बताए ।
    स्थानीय जंगलमा हात्ति बस्ने र विशेषगरि रातीको समयमा गाउँ पस्न थालेपछि रुपनी गाउँपालिकाका साथै कृष्णासवरण र कंचनरुप नगरपालिका बासिन्दा राम्ररी निदाउन पाएका छैनन् । हात्ति आतंकका कारण सो क्षेत्रका बासिन्दा घरबाट बाहिर निस्कन पनि डराउन थालेको स्थानीयवासी नर्मदेव यादवले बताए । कोशी टप्पु बन्यजन्तु आरक्षका हात्तिको आक्रमणमा जिल्लामा एक वर्ष भित्र ६ जनाको ज्यान गइसकेको छ । यस अवधीमा हात्तिले ४८ घर भत्काएको छ भने सय विगहा भन्दा बढी जमिनमा लगाइएको अन्नबाली नष्ट गरेको स्थानिय कृषक सीताराम चौधरीले बताए । 
    बस्ती आसपास जंगल भएकाले र जंगली हात्तिको बास स्थान बन्ने गरेकोले पटक पटक आक्रमणमा पर्ने गरेको भन्दै स्थानियले यसको स्थायी समाधान खोज्नु पर्ने माँग गरेका छन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनामा तीनको मृत्यु
दुर्घटनामा तीनको मृत्यु
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
रुपनी पूर्णखोप सुनिश्चित पालिका घोषणा
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
पुस्तक बिक्रिमा लगाइएको सिन्डीकेट  बिरुद्धमा प्रशासनले चाल्यो कदम, प्रशासनको टोलीले पुस्तक पसलको ग¥यो निरिक्षण
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
प्रदेशस्तरिय हिरो कप फुटवल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिरहा बिजयी  
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने 
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
पक्राउ परेका जनमतका ६ जना नेता कार्यकर्ता रिहा 
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
मधेस प्रदेशका पूर्वअर्थमन्त्रीसहित ७ जना बिरुद्ध भ्रष्टाचार मुद्दा दायर
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर
दुई मोटरसाइकल ठोकिदा दुईको मृत्यु, दुई गम्भिर