कारागार क्षेत्रमा कफ्र्यु आदेश

राजविराज राजविराज
|
आइतबार, भाद्र २९, २०८२
|
|
७३ पटक हेरिएको
Shares
कारागार क्षेत्रमा कफ्र्यु आदेश

सारांश

  •     प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा आइतबार जारि सूचनामा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कारागारको चारै तर्फ क्षेत्रको ५०÷५० मिटर चार किल्ला तोकी उक्त कफ्र्यु आदेश जारि भएको जनाइएको छ ।
  •       जारि सूचनामा भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै उक्त कफ्र्यु आदेश जारि गरिएको उल्लेख छ ।
  •       सूचनामा “कारागारको पूर्व, पश्चिम, उत्तर र दक्षिण ५०÷५० मिटर चारकिल्ला तोकी अर्को आदेश नभएसम्मको लागि  स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितको दफा ६(क) बमोजिम सो सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकाशरको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरी कफ्र्यु आदेश जारि गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, २९ भदौ । 

    जिल्ला प्रशासन कार्यालय सप्तरीले कारागार कार्यालय सप्तरी क्षेत्रमा कफ्र्यु आदेश जारि गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा आइतबार जारि सूचनामा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कारागारको चारै तर्फ क्षेत्रको ५०÷५० मिटर चार किल्ला तोकी उक्त कफ्र्यु आदेश जारि भएको जनाइएको छ । 
    जारि सूचनामा भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै उक्त कफ्र्यु आदेश जारि गरिएको उल्लेख छ । 
    सूचनामा “कारागारको पूर्व, पश्चिम, उत्तर र दक्षिण ५०÷५० मिटर चारकिल्ला तोकी अर्को आदेश नभएसम्मको लागि  स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितको दफा ६(क) बमोजिम सो सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकाशरको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरी कफ्र्यु आदेश जारि गरिएको छ । कफ्र्यु आदेश उलंघन गरे÷गराएमा सोही ऐन बमोजिम कडा कारवाही हुने व्यहोरा समेत अनुरोध गर्दछु ।” उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ