मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु

राजविराज राजविराज
|
सोमबार, आश्विन ६, २०८२
|
|
७१ पटक हेरिएको
Shares
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु

सारांश

  •     गत २०८१ फागुन २१ गते कुशमहारबाट बोदेबर्साइनतर्फ आउँदै गरेको बा.
  • प्र.
  • ०२–०३२प.

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।

    सप्तरीको बोदेबर्साइन नगरपालिका बडा नं. ५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारपछी मृत्यु भएको छ ।
    गत २०८१ फागुन २१ गते कुशमहारबाट बोदेबर्साइनतर्फ आउँदै गरेको बा.प्र.०२–०३२प.३२२३ नं. को मोटरसाइकलको ठक्करबाट घाईते भएका पैदलयात्री सोही ठाउँका ६० वर्षीय जुगति रामको उपचारपछि मृत्यु भएको हो ।
    दुर्घटनामा बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको रामलाई जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार हुँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर भएपछि भोलिपल्टै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उपचारपछि फागुन २८ गते उनलाई डिस्चार्ज गरी घर ल्याइएको भएपनि स्वास्थ्यमा समस्या देखिएकाले रामको आईतबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
    घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बोदेबर्साइनको टोली घटनास्थल पुगेर कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याईएको उनले बताए ।
    दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिईएको र चालक सोही ठाउँका वडा नम्बर १ धनगढी घर भएका ३६ बर्षीय भगवती प्रसाद साह बारे अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
    प्रहरीका अनुसार मोटरसाइकल चालक साहसंग सवारी चालक अनुमतिपत्र सहितका कागजपत्र नरहेको र मापसे गरेको अवस्थामा दुर्घटना भएको थियो ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?