पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ

राजविराज राजविराज
|
शनिबार, कार्तिक १, २०८२
|
|
१२८ पटक हेरिएको
Shares
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ

सारांश

  •     नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब डम्बर राईद्वारा शुक्रबार जारि विज्ञप्तिमा समग्र पत्रकारितालाई बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  •       विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
  • विक्की सिंहले आफुलाई  पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट  तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ३१ असोज । 

    नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकारिताको आडमा हुने कुनैपनि अराजक  गतिविधि सहनीय नहुने स्पष्ट पारेको छ । 
    नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिब डम्बर राईद्वारा शुक्रबार जारि विज्ञप्तिमा समग्र पत्रकारितालाई बदनाम गराउने गरि भएको अराजक गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  
    विज्ञप्तिमा विक्की सिंह र अजय आदित्यले पत्रकारिताको आडमा अराजक गतिविधिको भिडियो सार्वजनिक भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । विक्की सिंहले आफुलाई  पत्रकार भन्दै एक बृद्धलाई रक्ताम्य हुने गरी गरेको कुटपिट  तथा १० हजार मागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको थियो । 
    यसैगरी आफुलाई पत्रकार भन्ने अजय आदित्यले एक महिलासँग रकम लिइ फिर्ता नगरेको गुनासो सहितको भिडियो सार्वजनिक भएपछी महासंघले विज्ञप्तिमार्फत आफ्नो धारणा सार्वजनिक गरेको छ । 
    ‘यी दुबै घटना पत्रकारताको आचारसंहितामा र सिद्धान्त विपरीतको काम हो’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “पत्रकारिता गर्ने व्यक्ति यस किसिमको गतिविधिमा कहिल्यै संलग्न भएको छैन ।” 
    आगामी दिनमा समग्र पत्रकारिताकै बदनाम गराउने यस्ता गतिविधि गर्ने कुचेष्टा नगर्न सचेत गराउँदै विज्ञप्तिमा यस्ता गैर कानुनी हर्कत गर्ने जो कोहिलाई कानून बमोजिम कारबाही गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको छ । 
    महासंघद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकार आचारसंहितामा बमोजिम यो कर्म गर्ने पत्रकारलाई सुरक्षित बाताबरण बनाइदिन सम्पूर्ण जिल्लावासीहरुलाई आग्रह समेत गरिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
स्थानियद्वारा नवनिर्वाचित प्रदेशसभा सदस्य यादव सम्मानित
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
आगलागिमा पाँच घर नष्ट, १८ लाख भन्दा बढीको क्षति
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
बृहत् निशुल्क क्रिकेट प्रशिक्षण मेगा क्याम्प सुरू
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
एक दिने निशुल्क आँखा तथा कान शिविर सम्पन्न विभिन्न व्यक्तित्वहरु सम्मानित
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
काँग्रेसबाट निर्वाचित पदाधिकाहरु सम्मानित
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
लोसपा पार्टी कार्यालयमा तालाबन्दी
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
संबैधानिक राजतन्त्रसहितको व्यवस्थाबाट  नै मुलुकको हीत हुने ः किशोरी महतो
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
एउटै विद्यालयबाट प्रअ यादवले अस्थायी नियुक्ति,  स्थायी नियुक्ति र अनिवार्य अवकास पाए
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
राजविराज नगरपालिका दिनभर तनावग्रत,  प्रमुख प्रशासकीय अधिकृत यादवले गरे पदभार ग्रहण, निलम्बित मेयर पक्षद्वारा कर्र्मचारी माथि कुटपिट र कार्यालयमा तोडफोड
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो
कोशीको बाढीले विद्यालय र स्वास्थ्य चौकी कटान गर्न थाल्यो