कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

राजविराज राजविराज
|
बुधबार, मंसिर १०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
कार्यकारी राष्ट्रपति प्रणाली सहित २८ बुदे माग गर्दै जसपा नेपालले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सारांश

  •     बुधबार जसपा नेपालका सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताको टोली जिल्ला प्रसान कार्यालय सप्तरी पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति सहित समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था सहितका २८ बुँदे माग राखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो ।
  •       पार्टीको केन्द्रीय कार्यकारिणी समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार पार्टीले उठाउँदै आएका मुख्य माग तथा राष्ट्रिय मुद्दाहरु समेटेर प्रधानमन्त्री शुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए ।
  •       ज्ञापनपत्र मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली, समानुपातीक समावेशी प्रतिनिधीत्व हुने संसदको ब्यवस्थाका साथै संविधान संशोधन वा पुनरलेखन गरी राष्ट्रिय समस्याको समाधान, राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन    (१०+१) हुने गरी राज्यको पुर्नसंरचना गरिनु पर्ने माग गरिएको छ ।

दैनिक समाचारदाता
राजविराज, १० मंसिर ।

    जनता समाजवादी पार्टी (जसपा) नेपाल सप्तरीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणालीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ ।
    बुधबार जसपा नेपालका सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताको टोली जिल्ला प्रसान कार्यालय सप्तरी पुगेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति सहित समानुपातिक समावेशी प्रतिनिधित्व हुने संसदको व्यवस्था सहितका २८ बुँदे माग राखि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको हो । 
    पार्टीको केन्द्रीय कार्यकारिणी समितिले घोषणा गरेको आन्दोलनका कार्यक्रम अनुसार पार्टीले उठाउँदै आएका मुख्य माग तथा राष्ट्रिय मुद्दाहरु समेटेर प्रधानमन्त्री शुशीला कार्कीलाई प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइएको जिल्ला अध्यक्ष केदार प्रसाद यादवले जानकारी दिए । 
    ज्ञापनपत्र मार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपती प्रणाली, समानुपातीक समावेशी प्रतिनिधीत्व हुने संसदको ब्यवस्थाका साथै संविधान संशोधन वा पुनरलेखन गरी राष्ट्रिय समस्याको समाधान, राज्य पुर्नसंरचना उच्चस्तरीय आयोगको सुझाव प्रतिवेदन    (१०+१) हुने गरी राज्यको पुर्नसंरचना गरिनु पर्ने माग गरिएको छ । 
    यस्तै जनसंख्याको आधारमा प्रतिनिधित्व हुने व्यवस्था, दलित र महिलाका लागी छुट्टै आरक्षित संसदीय÷प्रादेशिक निर्वाचन क्षेत्रको व्यवस्था, राष्ट्रियसभालाई प्रादेशिक जनसंख्याका आधारमा समानुपातीक समावेशी हुने गरी हाउस अफ नेशनललाईटिज बनाईनु पर्ने, स्थानीयतहलाई प्रादेशिक क्षेत्राधिकार अन्तर्गत राखेर गैर(दलिय आधारमा निर्वाचन, राजनीतिक नियुक्तीहरुमा भागवण्डा अन्त्य गरी योग्यता, क्षमता र अनुभवको आधारमा समानुपातीक समावेशी हुनेगरी नियुक्ती, विगतमा भएका आन्दोलनका वेला गठन गरिएका न्यायीक छानवीन आयोगहरुको प्रतिवेदन सार्वजनिक लगायतका २८ बुन्दे माग ज्ञापनपत्रमा उल्लेख गरिएको अध्यक्ष यादवले बताए । 
    ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले तत्कालै प्रधानमन्त्रीको कार्यालय पठाइ आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । 
    जिल्ला अध्यक्ष यादव संगै प्रदेश साँसद किरण कुमारी साह, मधेश प्रदेशका पूर्व सभामुख उपमा देव, जसपा नेता जगदेव यादव, शैलेश चौधरी, दिनेश कुमार यादव, लक्षमण यादव, विनोद यादव, किशोर यादव“केसी”, प्रभाकर यादव, अमुत साफी, नववित झा, शम्भु यादव, महिला नेतृ रमिला देवी साह, पुनम यादव, आशा साह सहित ठूलो संख्यामा जसपा नेता÷कार्यकर्ता जिल्ला प्रशासन  कार्यालय पुगेका थिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
रुपनी गाउँपालिकाका स्वयमसेविकाहरु पुरस्कृत तथा सम्मानित
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
वार्षिकोत्सवमा नेपाल बैंकद्वारा रक्तदान
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
जनमत पार्टीद्वारा मुख्यमन्त्री राउतको राजीनामा माग 
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
सात सय ५५ गाँजा बोट फडानपछि नष्ट
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
लागु औषध मुद्दामा स्वास्थ्य सहसंयोजकसहित दुई पक्राउ
मधेस प्रदेशको लगातार दोस्रो जित
मधेस प्रदेशको लगातार दोस्रो जित
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
लम्पी स्किन रोगबाट सप्तरीमा एक हजार भन्दा  बढी पशुको मृत्यु, २५ हजार भन्दा बढी बिरामी
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
पुराना मुद्दा साढे तीन वर्ष भित्रै शुन्यमा झार्ने अदालतको तयारी ः सर्वोच्चका न्यायाधीश कार्की
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि
जनआन्दोलनका सर्वोच्च कमान्डर  गणेशमान सिंहको स्मृतिमा विचार गोष्ठि