डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण

राजविराज राजविराज
|
सोमबार, जेठ २७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
डिप्लोमा ईन्जिनियरिङ एसोसिएसनद्वारा बृक्षारोपण

सारांश

  •     तिलाठी कोईलाडी गाउँपालिकास्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको हो ।
  •     तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा तथा डिप्लोमा ईन्जिनियरिंग एसोसिएसनको प्राबिधिक तथा मधेशी एसोसिएसन अमेरिकाको सहयोगमा दुई जातको करिव १ लाख ५० हजार बरावरको सहयोगमा बृक्षारोपन गरेको जनाइएको छ ।
  •     सो बृक्षारोपन कार्यक्रममा बोल्दै डिप्लोमा ईन्जिनियरिंग एसा्सिएसन डिन का अध्यक्ष तथा एसिया डिनका सदस्य कामेश्वर प्रसाद सिँहले बिद्यालयमा स्वच्छ बातावरणमा बालवालिकाले पठनपााठन गर्न पाउने उद्देश्यले वोटबिरूवा रोपन लागेको बताए ।

दैनिक समाचारदाता
राजविराज, २७ जेठ ।  
    विश्व वातावरण दिवस पारेर डिप्लोमा ईन्जिनियरिङ एसोसिएसन नेपाल (डिन) ले वातावरण संरक्षण गर्न कोईलाडीमा बृक्षारोपन गरेको छ ।
    तिलाठी कोईलाडी गाउँपालिकास्थित राजेन्द्र देबकी मावि कोईलाडीको प्रागङ्गमा जालीको तारवारसहित बृक्षारोपन गरिएको हो ।
    तिलाठी कोईलाडी गाउँपालिकाको आयोजनामा तथा डिप्लोमा ईन्जिनियरिंग एसोसिएसनको प्राबिधिक तथा मधेशी एसोसिएसन अमेरिकाको सहयोगमा दुई जातको करिव १ लाख ५० हजार बरावरको सहयोगमा बृक्षारोपन गरेको जनाइएको छ ।
    सो बृक्षारोपन कार्यक्रममा बोल्दै डिप्लोमा ईन्जिनियरिंग एसा्सिएसन डिन का अध्यक्ष तथा एसिया डिनका सदस्य कामेश्वर प्रसाद सिँहले बिद्यालयमा स्वच्छ बातावरणमा बालवालिकाले पठनपााठन गर्न पाउने उद्देश्यले वोटबिरूवा रोपन लागेको बताए । सामजिक दायित्व बहन गर्न बिपदको समयमा डिनले भुकम्प, बाढी, नदि नियन्त्रण गर्ने काम निशुल्क गर्दै आएको बताउदै उनले जिवनमा सबैले स्वच्छ बातावरणमा बाच्नुपर्ने बताए । 
    पर्यावरण जोगाउन मधेशबाटै नमुना रूपमा वातावरण संरक्षण गर्न सबैले आफनो ठाँउवाट जनजागरण फैलाउनुपर्नेमा उनले जोड समेत दिए ।
    सो अवसरमा मधेशी एसोसिएसन अमेरिकाका अध्यक्ष डा महेन्द्र महतोले तराई मधेशको भुमीमा केही गर्ने सोच बमोजिम तिलाठिको बिद्यालयवाट पाईलट फेजमा वातावरणसँगै पर्यावरणलाई संरक्षण गर्न ठुलो परियोजना ल्याउनका लागी अभ्यासको रूपमा रूख रोप्ने कार्यक्रम ल्याएको बताए । 
    त्यस्तै जिल्ला वन अधिकृत धिरेन्द्र प्रसाद सिँहले वायु प्रदुषण शान्त, अदृष्य तथा भयानक घातक समस्या भएकोले प्रयावरण जोगाउने एक घर एक बिरुवा रोपनु पर्नेमा जोड दिए ।
    तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिंहको अध्यक्षतामा गरिएको बृक्षारोपन कार्यक्रममा उपाध्यक्ष सुचिता कुमारी यादब, वडा अध्यक्ष गोपी मण्डल, डिप्लोमा ईन्जिनियरिंग एसोसिएसन नेपाल सप्तरीका अध्यक्ष केवल दास, सप्तरी वन प्राबिधिक संघका अध्यक्ष देव नारायण झा, बिदालयका प्रअ दिपेन्द्र कुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादबलगायतले बाढी प्रभाबित क्षेत्रमा तथा मानव घना बस्तीमा रूख रोपेर सो ठाउँ संरक्षण सँगै बाढीको जोखिमवाट बचाउन सक्नेमा जोड दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
बिटौरी समस्या समाधानका लागि म बाधक होइन ः पूर्वमेयर यादव
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोसीमा हाम फालेका व्यक्तिको उद्धार
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
कोरोना संक्रमण ब्यबस्थापनका लागि ७५ लाखको चेक हस्तान्तरण
सरसफाइप्रति पवित्री देवीको मोह
सरसफाइप्रति पवित्री देवीको मोह
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
चोरी पैठारीका ७४ कार्टुन मदिरा र २८ बोरा कुरमुरे भन्सार बुझाइयो
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
अटोमा गाँजा तस्करी गरेको अवस्थामा  एक महिलासहित दुई पक्राउ
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
पत्रकारहरुको पेशागत सुरक्षाका लागी प्रदेश  सरकार लागिपरेको छ ः मुख्यमन्त्री सिंह
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
चैती छठको तयारी सुरु, आज नुहाई खाई 
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष दाहाल सम्मानित  
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो
नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो