दैनिक समाचारदाता
राजविराज, २२ माघ ।
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा दैनिक चार जना महिलाको मृत्यु हुने गरेको तथ्याङ्क सार्वजनिक गरिएको छ ।
माघ २५ गते देखी जिल्लामा संचालन हुने उक्त रोग बिरुद्धको खोप अभियानबारे सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले विहीवार जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सतिश कुमार यादवले सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उक्त रोग नियन्त्रणको प्रयास थालेको बताउँदै यसका लागी सप्तरीमा २०८२ माघ २५ देखी फागुन १० गते सम्म दुई चरणमा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप अभियान संचालन हुन लागेको जानकारी दिए ।
जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य गरी ५ सय ८० खोप केन्द्रबाट ९ हजार ७ सय ८९ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
विश्व स्वास्थ्य संगठनका प्रतिनीधी सरला न्यौपानेले उक्त खोप अभियान बिद्यालय नजाने १० वर्षको किशोरी तथा विद्यालयमा कक्षा ६ मा अध्यनरत सबै किशोरीलाई प्रदान गरिने जानकारी दिइन ।
गत आर्थिक वर्षको अभियानमा छुट भएका कक्षा ७ देखी १० कक्षमा अध्यनरत छात्रा तथा विद्यालय न जाने ११ वर्ष देखी १४ वर्षका किशोरीलाई समेत उक्त खोप प्रदान गरिने उनको भनाइ छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितीका प्रमुख शिव नारायण साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको प्रमुख अथित्यमा आयोजित कार्यक्रममा गजेन्द्र नारायण सिह अस्पतालका प्रमुख डा.अवधेश मिश्रा, पत्रकार महासंघ सप्तरीका सभापती श्रवण कुमार देव, पब्लिक हेल्थ नर्स अम्बिका ओली लगायतले पाठेघर मुख क्यान्सर रोग न्यूनिकरणका लागी थालिएको खोप अभियान सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
पाठेघरको मुखको क्यान्सरबाट दैनिक चार महिलाको मृत्यु
सारांश
- माघ २५ गते देखी जिल्लामा संचालन हुने उक्त रोग बिरुद्धको खोप अभियानबारे सरोकारवाला तथा सञ्चारकर्मीहरुलाई जानकारी दिने उद्देश्यले विहीवार जिल्ला स्वास्थ्य कार्यालय सप्तरीद्वारा आयोजित कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
- कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सतिश कुमार यादवले सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत उक्त रोग नियन्त्रणको प्रयास थालेको बताउँदै यसका लागी सप्तरीमा २०८२ माघ २५ देखी फागुन १० गते सम्म दुई चरणमा पाठेघर मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप अभियान संचालन हुन लागेको जानकारी दिए ।
- जिल्लामा विद्यालय, स्वास्थ्य संस्था तथा बाह्य गरी ५ सय ८० खोप केन्द्रबाट ९ हजार ७ सय ८९ जना किशोरीलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको उनको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया