पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
४६ पटक हेरिएको
Shares
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

सारांश

  •     विहान ७ बजे तिर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
  •       दुई पल्ट माछा मारेर बाहिर निस्केका उनी तेश्रो पटक पुनः माछा मार्न पोखरीमा डुबेका थिए ।
  • तेश्रो पटक माछा मार्ने क्रममा अचानक उनी डुबेको स्थानीयवासी संतोष थापाले बताए ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।

    राजविराजस्थित कल्टु दास पोखरीमा डुबेर एक युवकको मंगलबार मृत्यु भएको छ । मृत्यु हुनेमा राजविराज नगरपालिका ४ का २५ वर्षिय बौवा भन्ने गजेन्द्र दास छन । 
    विहान ७ बजे तिर राजविराज ३ स्थित कल्टु दास पोखरीमा माछा मार्न गएका उनको डुबेर मृत्यु भएको प्रहरी नायब उपरिक्षक डम्बर बहादुर पुरीले जानकारी दिए । 
    दुई पल्ट माछा मारेर बाहिर निस्केका उनी तेश्रो पटक पुनः माछा मार्न पोखरीमा डुबेका थिए । तेश्रो पटक माछा मार्ने क्रममा अचानक उनी डुबेको स्थानीयवासी संतोष थापाले बताए । 
    पोखरीमा माछा मार्ने क्रममा एक युवा डुबेको खबर पाएपछि पुगेको नेपाली सेनाको बरख गण, सशस्त्र र नेपाल प्रहरीका गोताखोर टोलीले खोजी सुरु गरेको थियो । 
    करिब चार घण्टाको प्रयासपछि उनको मृत शरिर सेनाले फेला पारेको छ । मृतकको शव पोस्टमार्टमका लागी स्थानीय गजेन्द्र नारायण सिह पठाई घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 
    चार दिन अघि फागुन २२ गते राजविराज कै वडा नं. ७ स्थित तुरन्ती पोखरीमा १८ वर्षिय अंगद कुमार मेहतरको पनि डुबेर मृत्यु भएको थियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
पाँच हजार ५५ जनाले निर्वाचन खर्च विवरण बुझाएनन्
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
सशस्त्रद्वारा कटुवा पेस्तोल बरामद
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह
जनताले अझै संघीयताको अनुभूती गर्न पाएका छैनन् ः मन्त्री साह
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
आपाङगता भएका सात छात्रछात्रालाई शैक्षिक सामग्री
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
सप्तरीमा चार प्रदेशसभा सदस्यसहित जनमत पहिलो,  काँग्रेस र नेकपा एमालेको एक÷एक प्रदेशसभा सदस्य
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
‘छोरालाई कुटीकुटी मारिदिएको चार महिनाबढी  भइसक्यो तर हत्यारा अझैं पक्राउ परेन’
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
देव हत्या र हिरासतमा दिएको यातनाबिरुद्ध उच्च स्तरिय छानविन टोली गठन गर्न माँग 
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु
प्रहरी सहायक हवल्दारको  छतबाट लडेर मृत्यु
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
उद्योगको उत्पादन ३० प्रतिशतमा झ¥यो, ब्यापार १० प्रतिशतमा सीमित, उद्योगी व्यापारीको समस्या समाधान नगरिए पसलमा  ताल्चा लगाई आन्दोलनमा उत्रने चेतावनी
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …
जसपा केन्द्रिय सदस्य डा. बबीले पेस्तोल पड्काएपछी …

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु