सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन २६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान

सारांश

  •     जिल्लामा यस वर्ष विगतको तुलनामा बढी आँपको बोटमा मन्जरी लागेकोले उत्पादनमा वृद्धि हुने भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
  •       गत वर्ष ६४ हजार ३ सय ७३ मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
  •     गत वर्ष आँपका लागि ‘अफएयर’ अर्थात् नफल्ने वर्ष थियो र यस वर्ष ‘अनएयर’ अर्थात् फल्ने वर्ष भएकोले उपादकत्वमा वृद्धि हुने उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, २६ फागुन ।

    सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सप्तरीलाई आँपको राजधानी मानिन्छ ।
    जिल्लामा यस वर्ष विगतको तुलनामा बढी आँपको बोटमा मन्जरी लागेकोले उत्पादनमा वृद्धि हुने भएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ । 
    गत वर्ष ६४ हजार ३ सय ७३ मेट्रिकटन आँपको उत्पादन भएकोमा यस वर्ष ७५ हजार मेट्रिकटन आँप उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किशुनदेव राउतले जानकारी दिए ।
    गत वर्ष आँपका लागि ‘अफएयर’ अर्थात् नफल्ने वर्ष थियो र यस वर्ष ‘अनएयर’ अर्थात् फल्ने वर्ष भएकोले उपादकत्वमा वृद्धि हुने उनले बताए । 
    कूल ८ हजार २ सय ५३ हेक्टर जमिनमा आँपको बोट रहेको जिल्लामा चालु आ.व. २०८२÷०८३ मा ७५ हजार मेट्रिकटन उत्पादकत्व हुने कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ ।
    मधेश प्रदेशमै सबै भन्दा बढी आँप उत्पादन हुने जिल्लाको रूपमा पनि चिनिएको सप्तरीको भौगौलिक अवस्था र हावापानीको दृष्टिकोणले हेर्दा आँप उत्पादनका सुहाँउदो मानिन्छ ।
    मधेश प्रदेशमा सप्तरीपछि सिरहामा पनि रामै आँप उत्पादन हुन्छ तर, स्वादको मामिलामा सप्तरीको आँप उत्कृष्ट मानिएको छ । यहाँको मालदह, बम्बई, कलकतीया, अम्रपाली, मल्लिका र गुलाव खास आँप स्वादिलो हुने भएकाले अनयन्त्र जिल्लामा पनि ती आँपहरूको ठुलो माग रहिआएको छ । 
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
भिनाजुको घर गएका युवक ६६ दिनदेखी वेपत्ता
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
गैससका केन्द्रिय पदाधिकारीहरु सम्मानित
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
“तीन कैदीलाई स्थान्तरण गर्न अदालतको अनुमति”
सप्तरीको चार स्थानमा कोरोना व्यवस्थापनका लागि अस्थायी अस्पताल संचालन हुँदै 
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
जनसंख्याका आधारमा दलितलाई प्रतिनिधित्व गराउनु पर्नेमा जोड
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
दाइजो कु प्रथा मानव सभ्यता र  संस्कृतिको लागि अभिषाप हो 
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
राजपाको सदस्यता बिस्तार समितिबाट १४ जना सदस्यद्वारा राजिनामा
सप्तरीका सिचाई मुहान चन्द्र नहर र पम्प नहरको सिचाई अवस्था र सन्दर्भ 
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
गरिब तथा आर्थिकरूपमा पछाडी परेकोलाई बिपद्  बारे क्रियाशिल बनाउनुर्छ ः प्रजिअ पौडेल
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै
एकपछि अर्को अतिक्रमित संरचना हटाईदै