दैनिक समाचारदाता
राजविराज, २७ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरीबाट रास्वपा प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ दुबैमा पहिलो दल बन्न सफल भएको छ ।
प्रत्यक्षतर्फ जिल्लाको चार वटै क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बन्न सफल भएको हो ।
रास्वपाले प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६ तथा समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरि पहिलो दल भएको छ ।
प्रत्यक्षतर्फ क्षेत्र नं. १ मा ३८ हजार १ सय ९५, क्षेत्र नं. २ मा २८ हजार ४ सय ४, क्षेत्र नं. ३ मा ३२ हजार ८ सय ७५ तथा क्षेत्र नं. ४ मा ३६ हजार ४ सय १२ गरी कूल १ लाख ३५ हजार ८ सय ८६ मत प्राप्त गरेको रास्वपाले समानुपातिकतर्फ १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरी पहिलो भयो ।
निर्वाचन कार्यालयका अनुसार ३६ हजार ६८ मत ल्याई जसपा नेपाल दोस्रो तथा २६ हजार ९ सय ६३ मत ल्याई नेपाली काँग्रेस तेस्रो स्थानमा छन् । १८ हजार ९ सय १ मत ल्याई जनमत पार्टी चौथो तथा १३ हजार ७३ हजार मत ल्याई नेकपा एमाले पाँचो स्थानमा छ ।
जिल्लामा ४ लाख ४६ हजार ४ सय २ मतदाता मध्ये समानुपातिकतर्फ २ लाख ९३ हजार ६ सय १० जनाले मतदान गरेका थिए ।
जसमध्ये १६ हजार १ सय २५ मत बदर भई २ लाख ७७ हजार ४ सय ८५ मत सदर कायम भएको थियो । प्रत्यक्षतर्फ भने १९ हजार ५ सय ६८ मत बदर भएको थियो । यसरी दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर भएको छ ।
सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
सारांश
- प्रत्यक्षतर्फ जिल्लाको चार वटै क्षेत्रमा बिजयी भएको रास्वपाले समानुपातिक तर्फ पनि सर्वाधिक मत ल्याई पहिलो दल बन्न सफल भएको हो ।
- रास्वपाले प्रत्यक्षमा १ लाख ३५ हजार ८ सय ८६ तथा समानुपातिकमा १ लाख ४९ हजार १ सय ८६ मत प्राप्त गरि पहिलो दल भएको छ ।
- प्रत्यक्षतर्फ क्षेत्र नं.
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया