सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै

राजविराज राजविराज
|
बुधबार, चैत्र १८, २०८२
|
|
७८ पटक हेरिएको
Shares

सारांश

  •     यस पटकको एसईई परीक्षामा ४ हजार ६ सय १६ छात्र र ४ हजार ६ सय ५३ छात्रा गरि कुल ९ हजार २ सय ६९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।
  •      जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ६२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शशी यादवले जानकारी दिए ।
  •     परीक्षालाई मर्यादित र सफल बनाउन ३९ वटा परीक्षा केन्द्रका लागि ३९ केन्द्राध्यक्ष, ४३ सहायक केन्द्राध्यक्ष, ४ सय ४६ निरिक्षक, ७५ परीक्षा सहायक र १ सय ६३ कार्यालय सहयोगी खटाईएको उनले बताए ।

दैनिक समाचारदाता
राजविराज, १८ चैत । 

    चैत १९ गते बिहीबारदेखी हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सप्तरीबाट ९ हजार २ सय ७६ जना विद्यार्थी सहभागी हुदैछन् ।
    यस पटकको एसईई परीक्षामा ४ हजार ६ सय १६ छात्र र ४ हजार ६ सय ५३ छात्रा गरि कुल ९ हजार २ सय ६९ जना विद्यार्थी सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।     जिल्लामा सामुदायिक र संस्थागत गरी १ सय ६२ विद्यालयका विद्यार्थी एसईईमा सहभागी हुने जिल्ला शिक्षा समन्वय इकाई सप्तरीका प्रमुख शशी यादवले जानकारी दिए ।
    परीक्षालाई मर्यादित र सफल बनाउन ३९ वटा परीक्षा केन्द्रका लागि ३९ केन्द्राध्यक्ष, ४३ सहायक केन्द्राध्यक्ष, ४ सय ४६ निरिक्षक, ७५ परीक्षा सहायक र १ सय ६३ कार्यालय सहयोगी खटाईएको उनले बताए ।
    परिक्षा केन्द्रको सुरक्षामा ५ सय ८५ जना सुरक्षाकर्मीसहित १ हजार ३ सय ५१ जना कर्मचारी खटाईएको जिल्ला शिक्षा समन्वय इकाई सप्तरीले जनाएको छ ।
    माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष बिहीबारदेखि देशभर एकैसाथ सुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको परीक्षालाई विगतको तुलनामा थप व्यवस्थित, प्रविधिमैत्री र नतिजामुखी बनाउन विशेष रणनीतिक योजना अघि सारेको जनाएको छ ।
    यता यस पटकको एसईईमा देशभर र वैदेशिक केन्द्रसहित गरी ५ लाख १२ हजारभन्दा बढी विद्यार्थीहरू सहभागी हुँदैछन् । यस वर्षको एसईई परीक्षामा ‘उत्तरपुस्तिका परीक्षणको विकेन्द्रीकरण’ र ‘नतिजामा तीव्रता’ अभ्यास गर्न लागेको बोर्डले जनाएको छ । 
    सरकारले विद्यार्थीको भविष्य र समयलाई मध्यनजर गर्दै परीक्षा सकिएको एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी गरेको हो ।
    यस्तै यस वर्ष पनि जापानमा रहेको एभरेस्ट स्कुलबाट २३ जना विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन् । जापानमा रहेका नेपाली समुदायका बालबालिकाहरूका लागि त्यहाँको स्थानीय समय र नेपालको समयबिच तालमेल मिलाएर परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । देशभर र जापान समेत गरी कुल १ हजार ९ सय ६६ परीक्षा केन्द्रहरू निर्धारण गरिएका छन् ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु