भन्सार नीति बिरुद्ध धर्ना

राजविराज राजविराज
|
बुधबार, बैशाख ९, २०८३
|
|
२८ पटक हेरिएको
Shares
भन्सार नीति बिरुद्ध धर्ना

सारांश

  •     जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा.
  • सरदसिंह यादवको अगुवाईमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक उक्त धर्ना दिइएको हो ।
  •       सीमा क्षेत्रमा प्रदर्शन पश्चात दिउँसो १ बजे देखि २ बजेसम्म एक घण्टे सांकेतिक धर्ना कार्यक्रममा सो पार्टीका नेता कार्यकर्ता संगै स्थानियवासीको समेत सहभागिता रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    भन्सार नीति बिरुद्ध सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजविराज भन्सार कार्यालय नजिकै एक राजनीतिक दलको अगुवाईमा बुधबार विरोध प्रदर्शनसहित धर्ना दिइएको छ ।
    जनअधिकार पार्टीका राष्ट्रिय अध्यक्ष डा. सरदसिंह यादवको अगुवाईमा सिमावर्ती भारतीय बाजारबाट एकसय भन्दा बढीको सामान खरिद गरी ल्याउँदा लगाईएको अनिवार्य भन्सार शुल्क नीतिको विरोधमा भारतीय सिमा नजिक उक्त धर्ना दिइएको हो । 
    सीमा क्षेत्रमा प्रदर्शन पश्चात दिउँसो १ बजे देखि २ बजेसम्म एक घण्टे सांकेतिक धर्ना कार्यक्रममा सो पार्टीका नेता कार्यकर्ता संगै स्थानियवासीको समेत सहभागिता रहेको थियो ।
    उनीहरुले एकसय भन्दा बढीको सामान ल्याउँदा लाग्ने भन्सार शुल्कको व्यवस्था खारेज गर्नुपर्ने, भारतबाट मलखाध ल्याउन किसानलाई अनुमति कार्डको व्यवस्था गरिनुपर्ने, विपन्न परिवारलाई घर परिवार चलाउन आवश्यक पर्ने सामान ल्याउन अनुमति कार्ड अनुमति कार्ड उपलब्ध गराउनुपर्ने तथा नेपाल–भारतको सदियौं देखि रहि आएको सम्बन्धलाई सम्मान गरिनुपर्ने लगायतका चार बुदे माग अघि सारेका छन् ।
    धर्नामामा बसेका तिलाठी कोइलाडी गाउँपालिका १ निवासी देवनारायण यादवले सरकारको भन्सार सम्बन्धि नयाँ नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै सरकारले उक्त निर्णय सच्याउनुपर्ने माग गरे ।
    सोही वडा निवासी विजय यादवले सरकारले राजस्व वृद्धिका लागि ल्याएको नयाँ भन्सार नीति राम्रै भएपनि विपन्न परिवारका व्यक्तिलाई भने मारमा पार्ने खालको बताए । उनले भारत जस्तै नेपालमा पनि उपभोग्य सामाग्री सस्तो दरमा पाउने वातावरण मिलाउन सके भारतीय बाजार तर्फ किनमेलका लागि जाने नेपालीहरु आफ्नै गाउँठाउँका पसलमा खरिदका लागि आकर्षित हुने तर्क दिए ।
    नयाँ भन्सार नीतिले विशेष गरि मधेशका जनता मारमा परेको भन्दै स्थानियले यसबारे सरकारले पुनर्विचार गर्नुपर्ने आग्रह गरेका छन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?