मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 

राजविराज राजविराज
|
सोमबार, बैशाख १४, २०८३
|
|
८४ पटक हेरिएको
Shares
मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह 

सारांश

  •     परिषद्का पुर्वअध्यक्षहरु प्रा.
  • अमरकान्त झा, बिष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, प्रा.
  • अशोक कुमार झा र सतीशकुमार दत्तद्वारा सोमबार जारि संयुक्त विज्ञप्ति मार्फत उक्त आग्रह गरिएको हो ।

दैनिक समाचारदाता
राजविराज, १४ बैशाख । 

    मैथिली साहित्य परिषद् सप्तरीका ६ जना पूर्वअध्यक्षहरुले अबिलम्ब परिषदको १८ औं साधारण सभा बोलाउन आग्रह गरेका छन् । 
    परिषद्का पुर्वअध्यक्षहरु प्रा. अमरकान्त झा, बिष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, विवेकानन्द मिश्र, प्रा. अशोक कुमार झा र सतीशकुमार दत्तद्वारा सोमबार जारि संयुक्त विज्ञप्ति मार्फत उक्त आग्रह गरिएको हो । 
    जारि विज्ञप्ति मार्फत वर्तमान कार्यकारिणी समितिको निर्धारित समय भन्दा दश महिना बढी समय बितिसक्दा पनि साधारण सभा गर्न नसकेको भन्दै परिषदका अध्यक्ष अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग सो आग्रह गरिएको हो । 
    “मैथिली भाषा, साहित्य तथा मैथिल कला, संस्कृतिको उन्नयन, संरक्षण र संवद्र्धनको क्षेत्रमा विगत ५६ बर्षदेखि क्रियाशील रहेको मैथिली साहित्य परिषद सप्तरी राजविराजको १७ औं साधारण सभा पछि २०८० असार २ गते निर्वाचनद्वारा गठन भएको र २०८० असार २० मा पदभार ग्रहण गरी परिषदको वर्तमान कार्यकारिणी संस्थाको विधानको धारा ६ (घ.) अनुसार निर्धारित २ (दूई) बर्षको पदावधि समाप्त भएको १० महिना भन्दा बढी भएता पनि अहिले सम्म साधारण सभाको घोषणा नहँुदा र यस दूई वर्षको कार्यकालमा परिषदद्वारा गरिने नियमित कामहरु जस्तै विद्यापति स्मृति पर्व, अन्तर्राष्ट्रीय मातृभाषा दिवस, साहित्यिक गोष्ठी, जानकी नओमी आदि मनाउने, शिवदत्त मिश्र स्मृति पुरस्कार सहितको अन्य पुरस्कार समेत बितरण गर्न वर्तमान कार्यसमिति असमर्थ रहको तथा परिषदको ऐना रहेको “मिथिला साप्ताहिक” पत्रिकाको प्रकाशन बन्द गरेको कारणले परिषदको राष्ट्रीय–अन्तर्राष्ट्रीय स्तरमा स्थापित रहेको प्रतिष्ठा उपर ठेस पुगेको महसूस गर्दै हामी सबै परिषदका पूर्व अध्यक्षहरु क्षोभ व्यक्त गर्दछौं र अबिलम्ब परिषदको १८औं साधारण सभा बोलाउन यसै विज्ञप्तीको माध्यमले परिषदका अध्यक्ष श्री अवधेश कुमार झा र वर्तमान कार्यकारिणीसँग हार्दिक आग्रह गर्दछौं ।” विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
मधेस सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयद्वारा पूँजीगत खर्चमा ८२.९३ प्रतिशत प्रगती हासिल 
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
क्रिकेटर महवुब आलमलाई राष्ट्रिय सम्मानसहित बिदाइको माग
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
एकै दिन तीन नवनिर्मित संरचनाको  मन्त्री साहद्वारा उद्घाटन
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
करदाता सेवा कार्यालयद्वारा गत वर्षको  तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन 
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
महिलाबन्दीहरूसँग अधिकारकर्मीहरूले तीज मनाए
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
मृतक तीन मध्ये एकको रिपोर्ट पोजेटिभ, दुईको निगेटिभ
भिख माग्नेलाई सजाय
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
महिला कैदीबन्दीले मनाए तिज
महिला कैदीबन्दीले मनाए तिज
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी