लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति

राजविराज राजविराज
|
बिहिबार, बैशाख १७, २०८३
|
|
११० पटक हेरिएको
Shares

सारांश

  • विहीवार गाउँ मै पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीयहरुले उक्त विषयबारे स्पष्ट पारेका हुन् ।
  •      गत शनिवार गाउँमा आयोजित जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रममा १ नम्बर नापी टोलीका अमिन श्रीप्रसाद यादव तथा केही बिचौलियालाई पैसा दिएर लालपूर्जा पाउनु परेको भनी उठेको विषयपछी गाउँलेहरुले विहीवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त विषयप्रति प्रष्ट पारेका हुन् ।
  •      “नापी टोली १ नम्बरका अमिन श्रीप्रसाद यादवसहित अन्य कर्मचारीले पैसा लिएको आरोप लगाएपनि उनीहरुलाई घुस वापत एक पैसा पनि नलिएको र मैले पनि एक पैसा समेत दिएको छुइन्, स्थानीयवासी रामनारायण मेहताले भने– “निर्धारित समय भन्दा लालपुर्जा वितरण कार्यक्रम २÷३ घण्टा ढिलो भएपछी आक्रोसमा आफुले उक्त कुरा बोले ।

दैनिक समाचारदाता
राजविराज, १७ बैशाख ।

   सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढाका स्थानीयहरुले गाउँ÷ब्लक जग्गाको लालपुर्जा लिने क्रममा आफुहरुले एक पैसा पनि रिसवत दिनु नपरेको स्पष्ट पारेका छन् । 
विहीवार गाउँ मै पत्रकार सम्मेलनको आयोजना गर्दै स्थानीयहरुले उक्त विषयबारे स्पष्ट पारेका हुन् । 
   गत शनिवार गाउँमा आयोजित जग्गाधनी प्रमाणपत्र वितरण कार्यक्रममा १ नम्बर नापी टोलीका अमिन श्रीप्रसाद यादव तथा केही बिचौलियालाई पैसा दिएर लालपूर्जा पाउनु परेको भनी उठेको विषयपछी गाउँलेहरुले विहीवार पत्रकार सम्मेलनको आयोजना गरेर उक्त विषयप्रति प्रष्ट पारेका हुन् । 
   “नापी टोली १ नम्बरका अमिन श्रीप्रसाद यादवसहित अन्य कर्मचारीले पैसा लिएको आरोप लगाएपनि उनीहरुलाई घुस वापत एक पैसा पनि नलिएको र मैले पनि एक पैसा समेत दिएको छुइन्, स्थानीयवासी रामनारायण मेहताले भने– “निर्धारित समय भन्दा लालपुर्जा वितरण कार्यक्रम २÷३ घण्टा ढिलो भएपछी आक्रोसमा आफुले उक्त कुरा बोले ।”
   यस्तै सोही वडाकी सरिता कुमारी साह र सावित्री मेहताले पनि रामनारायणकै भनाईमा सहमति जनाइन् । सरिताले गाउँ कै केही विचौलियाले उचालेर नापी शाखाका कर्मचारीलाई बदनाम गर्न पैसा खुवाएको भनी हल्ला गर्न लगाएको आरोप लगाइन । 
   लालपुर्जा प्राप्त गर्ने अर्की महिला सावित्री देवी मेहताले आफुले कसैलाई १ रुपैया पनि घुस नदिई सहजै लालपुर्जा प्राप्त गरेको स्पष्ट पारिन् । उनले विचौलियाहरुले कुनै पुरानो रिसइबी साध्न नापी कार्यालयका अमिन श्रीप्रसाद यादव तथा अन्य कर्मचारीलाई बदनाम गर्ने षडयन्त्र रचेको दाबी पनि गरिन । 
   पत्रकार सम्मेलनमा गत शनिवार लालपुर्जा प्राप्त गर्नेहरु मध्येका बद्री मण्डल, दिनेश कुमार पण्डित, विजुली पण्डित, बहादुर महतो, कारी मियाँ, हजारी प्रसाद गुप्ता लगायतले पनि घुस वापत कुनै पनि कर्मचारीलाई रकम नदिएको स्पष्ट पारेका छन् । आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि सहज ढंगले लालपुर्जा प्राप्त भएको उनीहरुको भनाई थियो । 
   उनीहरुले निर्दोष ब्यक्तीलाई जोगाउन यसरी सत्यतथ्य सार्वजनिक गरेको स्पष्ट पार्दै केही विचौलियाले दबाव र प्रभावमा पारी केही ब्यक्ती प्रयोग गरेर घुसको झुठो कुरा कुरा फिजाएको दाबी गरेका छ । 
   यस अघि अमिन श्रीप्रसाद यादवले पनि गत शनिवार नै एक प्रेस विज्ञप्ती मार्फत केही विचौलियाले स्वार्थ पूर्ती नभएपछि नियोजित ढंगले आपुृm विरुद्ध षडयन्त्र रचिरहेको भन्दै न्यायको अपिल गरेका थिए । उक्त प्रकरणबारे आवश्यक छानवीन भईरहेको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
जेष्ठ नागरिकप्रति विभेद गर्नेलाई सामाजिक बहिष्कार गर्नमा जोड 
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
टिपरको ठक्करबाट  मोटरसाइकल चालक घाइते
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आर्थिक क्षेत्रमा पहँुच नपुगेसम्म महिला  सशक्तिकरण सम्भव नहुने ः गैसस अध्यक्ष सुवेदी
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
आज सप्तरी काँग्रेसको अधिवेशन हुँदै, सभापतिका लागि यादव र  साहबीच प्रतिष्पर्धा
एक बालकसहित तीनको मृत्यु
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
ट्रकमा मोटरसाइकल ठोकिदा चालकको मृत्यु, अर्का घाइते
दाउरा बाँड्दै नगरपालिका
दाउरा बाँड्दै नगरपालिका
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
गजेन्द्र नारायण अस्पतालमा सिटि स्क्यान सेवा सुरु, आइसियु सेवा छिटै संचालनमा आउने तयारी
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन 
अख्तियारको छापा बिरुद्ध जसपा युवा बिद्यार्थीद्वारा मसाल जुलुस प्रदर्शन